फोनिजको प्रादेशिक भेला ताप्लेजुङ सुरु, मन्त्री हाङगामद्वारा उद्घाटन

फुङलिङ : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को तेस्रो ऐतिहासिक प्रादेशिक भेला ताप्लेजुङको फुङलिङमा सुरु भएको छ । भेलाको उद्घाटन प्रदेश १ को उद्धोग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङ्गामले उद्घाटन गरे । कार्यक्रममा फोनिनका केन्द्रीय अध्यक्ष गजुरधन राई, उपाध्यक्ष अमरध्वज लामा, कामन देवानसहित प्रदेशका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जिल्ला अध्यक्ष र प्रतिनिधिलगायतको उपस्थिति छ । भेलाले मंगलबार समसामयिक प्रस्ताव पारित गर्नेछ । बुधबार मुकुम्लुङसम्मको पदयात्राको कार्यक्रम रहेको फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामाले जानकारी दिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार