‘माईपोखरी क्षेत्र पुगेपछि मानसिक पीडा पनि शान्त हुने रहेछ’ : प्रदेश प्रमुख खापुङ

इलाम : प्रदेश १ का प्रदेश प्रमुख पर्सुरामले इलाममा प्राकृतिक, जैविक एवम् सुन्दरताको दृष्टिकोणले अद्वितीय भूमि रहेको अनुभूति भएको बताएका छन् ।

शुक्रबार इलामको सन्दकपुर गाउँपालिकास्थित विश्व रामसार क्षेत्रमा सुचिकृत माईपोखरी क्षेत्रको अवलोकन पश्चात प्रदेश प्रमुख खापुङले त्यस्तो अनुभूति भएको बताएका हुन् ।

माईपोखरी प्राकृतिक, जैविक रुपमा मात्र नभई धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेकाले यसको प्रवर्द्धन गर्न सके देशकै प्रमुख पर्यटकीय क्षेत्र बन्न सक्ने सम्भावना रहेको बताए । ‘यहाँको प्राकृतिक बनोट नै अचम्मको रहेछ । नौवटा कुना, जुन एक कुनाबाट अर्को कुना नदेखिने, यही उत्पादित माछासहित विभिन्न जैविक विविधताहरु यसलाई अवलोकन गर्न विदेशीसमे तआउँदा रहेछन्’ प्रदेश प्रमुख पापुङले भने, ‘यसलाई हामी सबै मिलेर अगाडी बढाउनुपर्छ ।’

प्रदेश प्रमुख खापुङले मानसिक पीडा भएको जो कोहीको माइपोखरी क्षेत्रमा पुग्दा आधा स्वत घट्ने बताए । ‘माईपोखरी क्षेत्रमा एक/डेढ घण्टा बसेमा त्यहाँको हावापानी, प्राकृतिक सुन्दरता, जैविक विविधता र अर्गानिक खानेकुराले मानसिक पीडा पनि शान्त हुने रहेछ’ प्रदेश प्रमुख खापुङले भने, ‘त्यहाँ पुगेपछि सबै पीडा बिर्सने रहेछ ।’

प्रदेश प्रमुख खापुङले शुक्रबार माईपोखरीसँगै देउराली बजार र आसपासका पर्यटकीय क्षेत्रको अवलोकन गरेका थिए ।

ताप्लेजुङ र पाँचथरको कार्यक्रम सकेर फर्कने क्रममा प्रदेश प्रमुखले शुक्रबार माईपोखरी क्षेत्रको अवलोकन गरेका हुन् । शनिबार धरानको भेडेटारमा कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार