इलाम : विद्यार्थीसँग अखिल क्रान्तिकारी अभियान अखिल क्रान्तिकारी महेन्द्र रत्न बहुमुखी क्याम्पस समितिले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगिताको उपाधि बि.बि.एस तेस्रो संकायले जितेको छ । जितसँगै उसले चार हजार पाँच सय नगद र प्रमाणपत्र हात पारेको छ ।
अभियान अन्तरगत शुक्रबार क्याम्पसमा भएको प्रतियोगितामा बि.बि.एस चौथो संकाय द्वित्तीय र बि.एड तेस्रो वर्ष तृतीय भएका छन् । द्वितीयले नगद तीन हजार र तृतीयले नगद एक हजार पाँच सयसहित प्रमाणपत्र पाएको संगठनका जिल्ला सहसचिव शेखर तिम्सिनाले जानकारी दिए ।
विध्यार्थिको वौद्धिक क्षमता विकास गर्ने उदेश्यले आयोजित प्रतियोगितामा क्याम्पसका ११ टिमले सहभागिता जनाएका थिए ।
अखिल क्रान्तिकारी महेन्द्र रत्न बहुमुखी क्याम्पस समिति अध्यक्ष राजेन्द्र लोहारका अध्यक्षता र नेकपा (माओवादी केन्द्र) का प्रदेश समिति सदस्य प्रवास शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रमको समापन भएको थियो ।
कार्यक्रममा माओवादी केन्द्र प्रदेश समिति सदस्य दिपेन राई, अखिल क्रान्तिकारी केन्द्रीय सदस्यद्वय विपिन पोखरेल र प्रमिला तामाङ, जिल्ला अध्यक्ष नयन बान्तवा, मरब क्याम्पस प्रमुख खगेन्द्रप्रसाद चापागाईं, सहायक क्याम्पस प्रमुख पोस्टराज लामिछानेलगायत जिल्ला समितिका उपाध्यक्ष रोशन राई, सचिब प्रविन सुवेदी, सहसचिव शेखर तिम्सिना लगायतोको उपस्थिति थियो ।