१५ जना श्रीमती, १०७ जना छोराछोरी !

  नयाँ बुलन्द
84 Shares

दुई पत्नीको जोइ, कुनामा बसेर रोई भन्ने उखान छ । तर केन्यामा एकजना पुरुषका २ वटामात्र होइन १५ वटा श्रीमती छन् । आफ्ना १५ पत्नी र १०७ जना सन्तानसँगै उनी गाउँमा मिलेर बसेका छन् ।

उनको नाम डेभिड सकायो कलुहाना हो । उनी पश्चिम केन्यामा बस्ने एक किसान हुन्।

१५ पत्नीका लोग्ने कलुहाना एकजना राजाको जीवनबाट निकै प्रभावित छन् । राजाकै सिको गर्दै उनले यतिधेरै महिलासँग बिहे गरे ।

यो परिवार मिलेर बसेको छ । ६१ वर्षका डेभिडले आफ्ना सबै पत्नीको राम्रोसँग ध्यान राख्दछन् र त्यसका लागि समयतालिका पनि तयार गरेका छन् ।

डेभिड सकायो आफ्नो स्वभाव राजा सुलेमानको जस्तै भएको बताउँछन् । ती राजाका ७ सयवटा पत्नी थिए भने ३ सय दासीहरु । अर्थात् कूल १ हजार जना पत्नीहरु ।

आफ्नो दिमाग धेरै तिक्ष्ण भएकोले त्यसको व्यवस्थापनका लागि पनि एउटा मात्रै विहे पर्याप्त नभएको उनको दाबी छ ।

हलसम्म १५ वटा पत्नी भएका डेभिडले आफ्ना २० वटा पत्नी भएपनि कुनै समस्या नहुने बताउँछन् ।

डेभिडका १५ वटै पत्नीहरु उनीसँग खुसी छन् । उनकी एक पत्नी जेसिकाबाट १३ वटा बच्चा जन्मिए । त्यसमध्ये २ जनाको मृत्यु भयो भने ११ वटा जीवितै छन् । आफूहरु शान्तपूर्वक तथा एकजुट भएर मिलीजुली बस्ने गरेको भन्दै जेसिकाले पतिलाई आफुले निकै माया गर्ने बताउँछिन् ।

डेभिडकी सातौँ पत्नी रोजले १५ बच्चा जन्माएकी छिन् । उनी भन्छिन् : हामी कहिल्यैपनि झगडा गर्दैनौँ । किनकी हामीहरु एक अर्कालाई माया गर्दछौँ । कसैलाई समस्या भएमा सबैजना जुटेर सहयोग गर्दछौँ । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार