नेपालमा आउने विदेशी पर्यटकमध्ये ठूलै संख्यामा नेपालका विभिन्न क्षेत्रमा पदयात्रा गर्न जान्छन् । तर, उनीहरु प्रायः जसो पथप्रदर्शक र भरिया बिनै नक्सा र किताबको भरमा पदयात्रामा जाने गरेका छन् । यस्ता खालका विदेशी पर्यटकहरु नक्सा र किताबको भरमा आफूखुशी टे्रकिङ गर्न जाने मात्रै होइन, सकेसम्म खानेकुरो समेत (टिन–बट््टाको खानेकुरो) आफ्नै देशबाट ल्याउने गरेका छन् । अनि पिउने पानी चाहिँ कुवा, पोखरी, नदी, खोला वा धारामा थापेर पानी शुद्ध पार्ने चक्की राखेर पिउँछन् । हुनत पिउने पानी भनी बेचिने जार वा बोत्तलको पानी भन्दा त त्यसरी कुवा, पोखरी, नदी, खोला वा धारामा थापेर पानी शुद्ध पार्ने चक्की राखेर पिउनु नै फाइदाजनक होला कि ? स्वास्थ्यको दृष्टिले पनि । त्यतिमात्रै होइन, कुनैकुनै विदेशी पर्यटकले त होटल/लज र रेष्टुरेन्टमा तोकिएको मेनु (मूल्य) मा पनि सकेसम्म मूल्य घटाउन आग्रह गर्छन् । आग्रह गर्दा भएन भने, दवावसमेत दिन्छन्, स्थानीय होटल/लज सञ्चालकहरुसंँग ।
यसरी नेपालमा घुम्न आएर हराएको विदेशी पर्यटकको इतिहास हेर्दा र, भन्नु पर्दा २०३७ चैतमा गोरखापत्र दैनिकमा प्रकाशित सूचनामा पुगनुपर्ने हुन्छ । सो वेला गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार तत्कालीन पश्चिम जर्मनीका जोडीद्यय ओल्फगाग–हेनरिक सोहीसालको कात्तिकमा पोखरा–जोमसोम–साल्दाङ–छर्काभोट–दुनै–ढोरपाटन–पोखरा गएकोमा ७ महिनासम्म पनि सम्पर्कमा नआएपछि खोजी गर्दा छर्का गाउँमा मृत अवस्थामा भेटिएको थियो । उनीहरुलाई स्थानीय केही व्यक्तिहरुले पैसा र सरसामानको लोभमा हत्या गरेका थिए । तर, अचम्म के भने त्यो बेला सरकारले अन्यत्र झैं माथिल्लो डोल्पामा पनि विदेशीहरुलाई भ्रमण गर्न वनदेज लगाइएको थियो अर्थात् प्रतिवन्धित थियो । जबकि ओल्फगाग त त्यसअघि पनि उक्त क्षेत्रको भ्रमणमा गएको भनी ती दुईको लास भेटिएपछि उक्त दैनिककै २०३८ वैशाख १८ गते प्रकाशित समाचारमा जनाइएको छ ।
यता २०६० मा पनि बेलायती पर्यटक एलेक्स रत्नासोथी जिरी हुँदै खुम्बु जाने क्रममा खरिखोलामा लुटिएपछि अरुण–भ्यालीतर्पm लागेका थिए, लामो समयसम्म उनी सम्पर्कमा नआएपछि उनकी दिदी एना बेलायतबाट नेपाल आई खोजी कार्यमा लागेकी थिइन । तर उनी भेटिए–नभेटिएको बारेमा कतै समाचार छापिएन । तर, राजधानी काठमाण्डौको मुटुमै रहेको रानीवनमा २०६२ मा फ्रेन्च र जर्मन महिलाद्घय सेलिन र, ग्रुन्ची महिनौसम्म हराए । पछि फ्रेन्च दूतावासले खोजी गर्दा सेलीको ब्रा र स्वेटर रगतले लतपतिएको अवस्थामा भेटिएको थियो । ग्रुन्चीको खोजीको लागि पनि उनको केटा साथी र बहिनी जर्मनीबाट नेपाल आएका थिए । केहीपछि जर्मन महिलाको पनि उही हालतमा कंकाल मात्रै भेटिएको थियो । त्यसो त हराएकै पर्यटकको कुरा गर्दा २०६४ भदौमा पोखराको ड्याम साइडबाट एक जापानीज पर्यटक हराएपछि उनका बुवा जापानबाट आएर आप्mनो छोरोको सास वा लासको लागि एक लाख पुरस्कार दिने घोषणा गरेका थिए । तर, ती हराएका जापानीज पर्यटक भेटिए–नभेटिएको अत्तोपत्तो भएन ।
त्यसैले नेपाल घुम्न आउने विदेशी पर्यटक जतिसुकै थर्ड–क्लसका भए पनि, खर्च गनृ दाँतबाट पसिना काड्ने ‘मक्खि–चुस’ नै भए तापनि उनीहरुको व्यक्तिगत सुरक्षाको लागि पनि ‘एक पर्यटक, एक नेपाली’को नीति लागू गरिनु पर्छ भनी यो पंक्तिकारले अहिलेदेखि होइन, विगतामा प्रकाश राई ‘दीनदःुखी’/प्रकाश कुलुङ ‘दीनदःुखी’ निामहाङ कुलुङ किरात, निनाम कुलुङ ‘मंगले’ आदिको नाममा लेख्दै आएदेखि नै उठाउँदै आएको हो । नेपालको भूगोल पनि यी झोले पर्यटकहरुका लागि अनुकूल नभएर प्रतिकूल नै छ । अलिकति खर्च बढ्दा उनीहरु सुरक्षित हुन्छन् भने उनीहरुले थोरै खर्च बढाउन किन कन्जुस्याईँ गर्ने ? फेरि पर्यटन क्षेत्रका खासगरी पदयात्रा गाईडहरु, दक्षय बेरोजगारले रोजगारी पाउने कुरो पनि त छ । हुन पनि भुटान र चीनले बिना गाईड विदेशी पर्यटक हिँड्न नपाउने नीति–नियम सफलता पूर्वक लागू गरेका पनि छन् ।
खासमा धेरैअघि नै ‘टिम्स’ लागू भएपछि नेपालमा विदेशी पर्यटक नहराउने आशा गरिएको थियो । तर, ‘टिम्स’ लागू भएपछि पनि पर्यटकहरु हराउन छाडेनन्, पर्यटक हराउने क्रममा कमी आए । उता सन् २०१२ को अक्टोबर सिजनमा अन्नपूर्ण क्षेत्रको तिलिचो हिमाल गएका इरानी पर्यटक डाक्टर वाहिद बाहेलो हराएर । सो सिजनमा उनको लास नभए पनि कपडा, जुत्ता अथवा कुनै पनि चिन्ह भेट्टाउने वा देख्नेले खबर गरेमा ३,००० (तीनहजार) अमेरिकी डलर पुरस्कार दिने भन्दै उनका श्रीमती साजिदा हमार्दीले म्याग्दीभन्दा माथिको क्षेत्रमा जताततै ठाउंँठाउँंमा आप्mनो श्रीमानको फोटासहितको पर्चा बांँड्दै/टाँस्दै हिँडेकी थिइन । तर, त्यसरी खोजी कार्यका लागि लागि परे पनि उनकी श्रीमती साजिदा हमार्दीले अन्तमा रित्तो हात नै पर्किनु पर्यो ।
त्यसो त सन् २०१६ को नोभेम्बरमा लाङटाङ क्षेत्र घुम्न गएका दुई विदेशी एक कोरियन र एक डच (नेदरल्यान्डका) पर्यटक हराएका थिए । तर, उनीहरु पनि भेटिएको, नभेटिएको अत्तोपत्तो भएन । कारण उनीहरु हराएको समाचार आए पनि भेटिए, नभेटिएको समाचार आएन । उता सन् सन् २०१७ मा रुवी भ्याली (गणेश हिमाल क्षेत्र) मा आपूmखुसी (गाइड वा भरिया नलगी) घुम्न गएका दुई जना ताइवानी जोडीमध्ये एक जना (महिला) बाटोमा चिप्लिएर खसेपछि संभवतः धेरै दिनको भोक र तिर्खाले मरे भने पुरुषलाई लगभग एक महिनापछि मर्नु न बाँच्नुको हालतमा उद्धार गरिएको थियो ।
त्यसो त ठमेलस्थित जोय ट्रेकका प्रवन्धक निर्देशक महेश बुढामगर भन्छन् –‘टे्रकिङ क्षेत्रका दक्ष बेरोजगारी कम गर्ने हो भने नेपाल सरकारले ‘एक पर्यटक, एक नेपालीको नीति घोषित रुपमै लागू गर्नु पर्छ । साथै पर्यटकसंँग दैनिक रुपमा कम्तिमा यत्तिदेखि यत्तिसम्म रकम लिन पाउने भनेर सरकारले दर–रेट पनि तोक्नु पर्छ । अनि जसले पायो, त्यसले टे्रकिङ चलाउन नपाउने व्यवस्था पनि गर्नु पर्छ । साथै अर्को महत्वपूर्ण कुरो भनेको, ट्रेकिङ एजेन्सीलाई पनि क, ख, ग, घ, ङ, च…, वर्गमा वर्गीकरण गर्नु पर्छ । साथै ट्रेकिङ एजेन्सीले सरकारलाई वर्गीकरणअनुसार आय कर तिर्नुपर्ने व्यवस्था गर्नु पर्छ । अनि मात्रै नेपालमा पर्यटनको माध्यमबाट आर्थिक क्रान्ति हुन्छ भने सरकारको राजस्व वा भनौं आय करमा पनि बढोत्तरी हुन्छ ।’
‘टिम्स’ लागू भएमा पदयात्रा क्षेत्रमा रोजगारी बढ्ने आशा पनि गरिएको थियो । यसबारेमा पुनः महेश बुढमागर भन्छन्– ‘टिम्स लागू हुने बित्तिकै टे«किङ परमिटको लागि झोले पर्यटकहरु परमिट बनाउन टे«किङ कम्पनीमा आउँछन् । र, उनीहरुलाई कन्भिन्स गराएर कम्तिमा एकजना गाइड/पोर्टर लिएर जाने सल्लाह दिन सकिन्छ । जसले गर्दा तालिम लिई दक्षता हासिल गरेर पनि डुकु–लन्ठ्याङ् भएर बस्नु परेका गाईडहरुले काम पाउने छन् भन्ने आशा थियो । तर, त्यसको ठीक उल्टो भयो । राजस्व बढ्ने र कम्पनीले सर्विस चार्ज पाउने त छँदैछ ।’ तर, यसरी अनिवार्य रुपमा एक पर्यटक, एक नेपाली गर्दा मानवअधिकार हनन् हुने कुरा नेपाला कार्यरत आईएनजिओ/एनजिओले उठाउने गरेका छन् । त्यसो त ‘टिआरसी’ खारेज गराउन पनि उनीहरु न्वारानदेखिको बल लगाएर लागेका थिए ।
तापनि पछिल्लो पटक (१४ साउन) मा गोरखापत्र दैनिकमा आएको समाचारअनुसार सोलुखुम्बुको नाम्चेभन्दा माथि विदेशी पर्यटक एक्लै जान नपाउने भनी जिल्ला प्रहरी कार्यलयले कडाई गरेको छ । तर, नेपाल सरकारले केन्द्रीय तहबाट गरेको कडाई वा निर्देशन नभएकोले गर्दा विदेशी पर्यटकले सो निर्देशन मान्छन्, मान्नै पर्छ भन्ने छैन । त्यसैले आगामी सिजनदेखि लागू हुने गरी नेपाल सरकारले ‘एक पर्यटक, एक नेपाली’को नीति लागू गरेदेखि विदेशी पर्यटकलाई ढुककैसँग सुरिक्षत हुन्थे भने, तालिम लिएर पनि डुकुलन्ठ्याङ भएर बस्नु परेका नेपाली ट्रेकिङ गाईडहरुलाई (अथवा भरिया नै सही) रोजगारीको ग्यारेन्टी पनि हुन्थ्यो ।