विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित

  नयाँ बुलन्द
28 Shares

काठमाडौं : आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ ।

त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपाल नामिबियासँग पराजित भएसँगै छैटाैँ स्थानमा झरेको छ । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली नामिबियासँग लगातार दोस्रो खेलमा हारेको हो । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।

स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । हिजोको खेलमा जितका लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रनमा अलआउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन जोडे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबिया ४९ ओभर २ बलमा १ सय ९९ रनमा अल आउट भएको थियो ।

नामिबियाका कप्तान जेहार्ड एरास्मसले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले । नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । त्यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए । नेपालले आज अन्तिम खेल स्कटल्यान्डसँग खेल्नेछ ।

अङ्क तालिकामा नेपाल १९ खेलमा १० मा हार, ८ मा जित र एक बराबरीकासाथ १७ अङ्कसहित छैटौँ स्थानमा छ । नामिबिया १८ खेलमा ९ मा जित र ९ मा हारका साथ १८ अङ्ककासाथ पाँचौँ स्थानमा उक्लिएको छ।

तस्बिर : क्यान

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार