माङसेबुङ : माङसेबुङ गाउँपालिकाको सार्वजनिक सुनुवाई विहीबार इभाङमा संचालन भयो । माङसेबुङ गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, वडा नं. २ र विभिन्न विषयगत शाखाहरुबाट भएका र हुने विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई गाउँकार्यपालिकाको कार्यालय प्राङ्गणमा भएको हो ।
माङसेबुङ गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको सहजीकरणमा भएको कार्यक्रममा ८१ जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा ९ जना सेवाग्राहीले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
कार्यक्रममा सेवाग्राहीबाट अनुजा कार्की, जेनिसा बस्नेत, मंगेश बस्नेत, दिपुरा राई, मनबहादुर लिम्बू्, लोकराज योङहाङ, प्रकाश कार्की, डिल्ली शंकर, मित्रकुमार खड्का लगायतले चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए । प्रश्नकर्ताको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोद नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी, २ नं. वडा अध्यक्ष कृष्णबहादुर बस्नेत, लेखा अधिकृत मञ्जु भट्टराई, इन्जिनियर अर्जुन घिमिरे, स्वास्थ्य शाखा प्रमुख प्रदिप राई, पशु शाखाका प्रतिनिधि प्रविण मुखियालगायतले दिएका थिए । उनीहरुले आगामी दिनमा कार्यालयले आवश्यक सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।
गाउँपालिकाको तर्फबाट कार्यक्रमको स्वागत र सेवाप्रवाह सम्बन्धी जानकारी प्रशासन प्रमुख उपेन्द्र पौडेलले गरेका थिए ।
कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका सहजकर्ता राम योङहाङले ३० जनाको नागरिक प्रतिवेदन पत्र र ३० जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो माङसेबुङ १०४.६ मेगाहर्ज, नयाँ बुलन्द र किरात समाचारबाट भएको थियो ।
जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्न योगदान गर्ने गाउँपालिकाको विश्वास छ ।
कार्यक्रममा सेवाग्राहीको चासो, गुनासो, प्रश्न र सुझाव एवम् गाउँपालिकाको जवाफको सम्पादित अशं हेर्नुहोस् :
कार्यक्रमका तस्विरहरु :