फाकफोकथुममा १०३ वर्षीय जेष्ठ नागरिकद्वारा मतदान

  नयाँ बुलन्द  552 पटक हेरिएको

जिल्लाको फाकफोकथुम गाउँपालिका १,स्थित जनज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा १०३ वर्षीय जेष्ठ नागरिक जसरानी लिम्बुनीले मतदान गर्नु भएको छ ।

घरदेखि गाडी चढेको करीब ४५ मिनेटमा मतदान केन्द्रमा उनको जेठा छोरा रामबहादुर लिम्बुको सहायतामा उनलाई ल्याइएको हो । पन्चायत व्यवस्थादेखि नै मतदान गर्दै आएकी जेष्ठ महिलाले धेरै नेतालाई भोट दिएर जिताएको बताइन् । भोटका बेला मात्रै नेताले सम्झिने अरुबेला वास्त नगरेको उनको गुनासो छ । उनले मतदान गरेको यस केन्द्रमा जम्मा ७९६ मतदाता मध्ये २६१ महिला र २७२ पुरुष गरि जमा ५३३ जनाले मतदान गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार