इलाम : बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि. इलामद्वारा संचालित पूर्वकै लोकप्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकमले आफ्नो छैटौं वार्षिक उत्सवको अवसरमा सन्देशमूलक वार्षिक भित्तेपात्रो–२०७९ (क्यालेण्डर) प्रकाशन गरेको छ ।
विगतका वर्षझैं यस वर्षपनि ६ पृष्ठको सन्देशमूलक वार्षिक भित्तेपात्रो प्रकाशन गरेको हो । शुक्रबार इलाम सदरमुकाममा आयोजित छैटौं वार्षिक उत्सवको अवसरमा भित्तेपात्रो सार्वजनिक गरिएको छ ।
लन्द मल्टिटेक्निकल मिडिया प्रा.लि.का अध्यक्ष एवम् नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङको अध्यक्षता र नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष लवदेव ढुङ्गानाको प्रमुख आतिथ्यतामा जिल्लाका संचारकर्मीहरुको उपस्थितामा भित्तेपात्रो सार्वजनिक गरिएको हो ।
कार्यक्रमका वक्ताहरुले नयाँ बुलन्दले विभिन्न चूनौतीको बाबजुत लोकप्रियता कायम गर्न सफल भएको भन्दै निरन्तरताको कामना गरेका थिए ।नागरिकलाई सूचना प्रदान गर्न पहरेदार बन्दै समाजमा व्याप्त भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना आम नागरिकसामू पुर्याउन सुझाव दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि ढुङ्गानासहित नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, प्रेस चौतारी नेपाल इलामका अध्यक्ष भीम चापागाई, नेपाल प्रेस युनियन इलामका सचिव टीका खतिवडा, प्रेस सेन्टर नेपाल इलामका अध्यक्ष बुद्धमाया सोङ्मी, समाजवादी प्रेस संगठन नेपाल इलामका अध्यक्ष रमेश पराजुली, नेपाल आदिवाजी जनजाति पत्रकार महासंघ इलामका अध्यक्ष याम माबोहाङ, फोटो पत्रकार महासंघ इलामका अध्यक्ष राजेश पराजुली, इलाम पोष्ट दैनिकका कार्यकारी सम्पादक ख्याम भुजेल, चियाबारी एफएमका समाचार संयोजक बिक्रम सुन्दास, सन्दकपुर अनलाइनका सम्पादक भगीरथ भण्डारी, नेपाल टेलिभिजनका संवाददाता विजयशेखर भट्टराईले समसामियक मन्तव्य राखेका थिए ।
भित्तेपात्रोमा विभिन्न सन्देशमूलक जानकारी एवम् सूचनाहरु राखिएका छन् ।
हेर्नुहोस् भित्तेपात्रो :