पाँचथरः लिम्बु भाषाको पालाम ‘फुङ्फुङ्देन्’ को आइतबार म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ ।
ताप्लेजुङ मिक्वाखोलाको साँम्बा फुङ्फुङ्देन क्षेत्रमा छायांकन गरिएको हो । सागर केरुङ्को शब्द/लय संकलन तथा निर्देशन रहेको पालाममा यादन सेर्मा र निरन्ता नेम्बाङ्ले स्वर दिएका छन । चन्द्रकला साँम्बाको निर्माण रहेको भिडियोमा एरेन्ज मोनिकुमार सुब्बा ताम्लिङ, छायांकन सञ्जय आचार्य, शृङ्गार अमृता जबेगु, प्रकाश संयोजन निस्चल आचार्यले गरेका हुन् । याक्थुङ फिल्म्सद्वारा सार्वजनिक हुने पालाममा सुक्मिता केरुङ, विशाल साँम्बा, चन्द्रकला साँम्बा, बसन्त साँम्बा, टेकबहादुर साँबा, गौमती लिम्बु लाबुङ र चन्द्रकला साँबाले अभिनय गरेका छन् ।
लिम्ब संस्कारसंग जोडिएको यस म्युजिक भिडियोलाई परापूर्वकालदेखि याक्थुङ समुदायमा मानि आएको दुरूस्तै चित्रण गर्ने उदेश्यले संस्कार अनुसारको अभिनय गर्न वसन्त मुदेन्छङ साँबा , डम्बर बहादुर मुदेन्छङ , क्येन्जे सेर्पा, हर्क मुदेन्छङ साँबा,एबि मुदेन्छङ साँबा, प्रदिप नाल्बो, फुङ्माया तुम्बाहाम्फे साँबा, ओम कुमारी तुम्बाहाम्फे साँबा, इन्द्र स्रेङ साँबा, सुमित्रा एभेङ साँबा, धनमाया थलङ साँबा, पुर्णबहादुर मुदेन्छङ साँबा लगायतले कथावस्तुमा प्रस्तुती गरेका छन् ।
निकट भविश्यमा नै दर्शक माझ सार्वजानिक गर्ने लक्ष्यले उक्त भिडियोको छायांकन पूर्वेली लिम्ववान भुगोलहरुलाई समेट्ने गारि धमाधम काम भइरहेको निर्देशक केरुङले जानकारी दिए । भिडियोमा अन्य कलाकारहरु दुर्गाप्रसाद मुदेन्छङ साँबा, सन्तोस मुदेन्छङ साँबा,ममता लाबुङ, सुकबहादुर मुदेन्छङ साँबा, सन्तोष लबुङ, रामचन्द्र नेम्बाङ, सुमिना, मुदेन्छङ साँबा, ममता लिम्बू मादेन, अनुपा मुदेन्छङ साँबा, सुनिला लिम्बू एभेङ, सुक्राज मुदेन्छङ साँबा,भगी मुदेन्छङ साँबा, लिला मुदेन्छङ साँबा, सगुन मुदेन्छङ साँबा, नियारा साम्बा, रणबहादुर मुदेन्छङ,मनमाया माबो साँबा, निशा लुङघिम साँबा समेतले अभिनय गरेको जनाइएको छ । किरात समुदायको संस्कृति संरक्षण र प्रवर्दन गर्ने अपेक्षासहित भिडियो निर्माण गर्न लागिएको बताइएको छ ।