प्रधान परिवारले राखे सिंहबाहिनी मन्दिर परिसरमा राधाकृष्ण र गणेशको मुर्ति

  नयाँ बुलन्द
119 Shares

इलाम : इलाम नगरपालिका ७ चोकबजारका सञ्जय प्रधान र उनका सपरिवारले इलाम नगरपालिका ९ सिंहबाहिनी मन्दिर परिसरमा राधाकृष्ण र गणेशको मुर्ति राखेका छन् ।

शनिबार प्रधानपरिवारले एक कार्यक्रमको आयोजना गरी मन्दिर परिसरमा मूर्ति राखेका हुन् । इलाम नगरप्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यतामा प्रधान परिवारले मुर्ति राखेका हुन् ।

प्रधान परिवारले सो मन्दिर परिसरमा यसअघि नै राधाकृष्ण र गणेशको मुर्तिका राखेको भएपनि यसपटक सोही मुर्तिलाई परिस्कृत गरी ठूलो आकारमा निर्माण गरी राखिदिएको सञ्जय प्रधानका छोरा सन्दिप प्रधानले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार