दक्षिण कोरियामा चासोक तङ्नाम मनाइदै

  नयाँ बुलन्द
154 Shares

इलामः किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियास्थित बुसान शाखाको आयोजनामा लिम्बुहरुको मौलिक चाड चासोक तङ्नाम ५०८१(उधौलि पर्व २०७८) मनाउने भएको छ । “हामी हाम्रो पहिचान र अस्तित्वका लागि एक हौं” भन्ने मुल नारा सहित चासोक कार्यक्रम डिसेम्बर १९ तारिख आइतबार (अर्थात् पौष ४ गते) दिनको १२ बजे दिउँसो लुम्बिनी सभाहल किम्हेमा “शुभकामना आदन-प्रदान तथा साँस्कृतिक कार्यक्रम २०२१” सहित भव्य समारोह सम्पन्न गरिने आयोजकले जनाएको छ ।

विगत झैं यस वर्ष पनि याक्थुङ मौलिक संस्कार,सस्कृति, धर्म, भेषभुषाको प्रवर्द्धन गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको चुम्लुङका अध्यक्ष दिपा बरुमहाङले जानकारी दिएकी छिन् । उक्त कार्यक्रममा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई गरिमामय उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध समेत गरेको छ ।-फोनिज कोरियाबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार