लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि कसले जित्यो ?
 काठमाडौँ रेजर्स
– उपाधि विजेता काठमाडौँ रेजर्सले पुरस्कारस्वरूप ३५ लाख रुपियाँ हात पारेको ।
– उपविजेता धनगढी एफसीले १५ लाख रुपियाँ
हात पारेको ।
– प्रतियोगिताको फाइनल खेल २०७८ जेठ १ मा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको ।

२. संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभा (सन् २०२१ सेप्टेम्बर)मा नेपालले कहिलेसम्ममा गैरजलवायु परिवर्तनजन्य कार्य शून्य प्रतिशतमा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ ?
 सन् २०५०
– परराष्ट्रमन्त्री डा. नारायण खड्काद्वारा सन् २०२१ सेप्टेम्बर २८ मा महासभालाई सम्बोधन गर्दै सो प्रतिबद्धता व्यक्त गरिएको ।
– त्यस्तै सन् २०२६ सम्ममा अल्पविकसित देशको सूचीभन्दा माथि उठ्ने नेपालको लक्ष्य
रहेको जनाइएको ।

३. संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०१६–२०३० सम्मका लागि दिगो विकास र समृद्धिका सम्बन्धमा तय गरिएका लक्ष्य कति रहेका छन् ?
 १७
– (त्यस्तै १६९ वटा परिमाणात्मक लक्ष्य र २३२ विश्वव्यापी सूचकाङ्क निर्धारण गरिएको ।)

४. २०७८ मा प्रदान गरिएको उत्तम शान्ति पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
 सरिता अर्याल (‘मेरो अपहरण’ नामक कृतिका लागि ।)
– उक्त कृतिमार्फत नियात्रा निबन्धका फाँटमा रागात्मक मानवीय अनुभूतिलाई प्रस्तुत गरिएको उत्तम कुँवर स्मारक पुरस्कार गुठीले जनाएको ।
– पुरस्कारको राशि एक लाख रुपियाँ रहेको ।
– गुठीले वि.सं. २०४४ देखि आख्यानेतर गद्य विधामा रचना गरिएका कृतिहरूलाई पुरस्कारद्वारा सम्मान
गर्दै आएको ।

५. विश्व युवा दक्षता दिवस कहिले मनाइन्छ ?
 जुलाई १५

६. इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस (आईएपीवी)द्वारा प्रदान गरिएको भिजन एक्सिलेन्स अवार्ड २०२० बाट सम्मानित हुने नेपाली व्यक्तित्व को–को हुनुहुन्छ ?
 डा. सन्दुक रुइत, प्रा.डा. रामप्रसाद पोखरेल र डा. गोपालप्रसाद पोखरेल

७. विश्व हात धुने दिवस कहिले मनाइन्छ ?
 अक्टोबर १५
– ‘हाम्रो भविष्य हाम्रै हातमा छ– हामी सबै एकसाथ अगाडि बढौँ’ भन्ने नाराका साथ विश्व हात धुने दिवस २०२१ म मनाइएको ।
– नेपालमा यो दिवस सन् २००८ देखि
मनाउन थालिएको ।

८. स्विट क्रिम, कोटेड रेड, अन्टी गुवा ओरेन्ज, डिस्कभरी यल्लो कुन फुलका प्रकार हुन् ?
 सयपत्री

९. सहरलाई कुरूप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पोस्टरलगायतका सामग्री हटाउने निर्णय सरकारले कहिले गरेको हो ?
 वि.सं. २०७६ पुस १०

१०. अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रधान कार्यालय कहाँ रहेको छ ?
 नेदरल्यान्डको हेग
– यो अदालत औपचारिक रूपमा सन् २००२ जुलाई १ मा स्थापना भएको ।
– हाल (सन् २०१८ अप्रिल) यो संस्थामा १२२ सदस्य राष्ट्र रहेका ।

११. असंलग्न आन्दोलन ९ल्ब्ः० मा आबद्ध सार्क राष्ट्र कुन कुन हुन् ?
 सबै आठ राष्ट्र

१२. सन् २०२१ मा जापानको टोकियोमा सम्पन्न ओलम्पिक खेलकुद प्रतियोगितामा पुरुष फुटबलमा स्वर्ण पदक जित्ने राष्ट्र कुन हो ?
 ब्राजिल
– ब्राजिलले स्पेनलाई २–१ गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक हात पारेको ।
– सन् २०१६ को रियो ओलम्पिकमा पनि पुरुष फुटबलतर्फको उपाधि ब्राजिलले नै जितेको ।
– टोकियो ओलम्पिकमा महिला फुटबलको उपाधि क्यानडाले जितेको । क्यानडाले फाइनलमा स्विडेनलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै स्वर्ण पदक
हात पारेको ।

१३. अन्तर्राष्ट्रिय नृत्य दिवस कहिले मनाइन्छ ?
 अप्रिल २९
– यसपटक (सन् २०२१) अन्तर्राष्ट्रिय नृत्य दिवस कोभिड–१९ का कारण भर्चुअल रूपमा मनाइएको ।
– संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्घ युनेस्कोसँग सहकार्य गरेको इन्टरनेसनल थिएटर इन्स्टिच्युटको अन्तर्राष्ट्रिय नृत्य समितिद्वारा सन् १९८२ देखि यो दिवस मनाउन थालिएको ।

१४. बूढानीलकण्ठ कुन पहाडको फेदमा अवस्थित छ ?
 शिवपुरी

१५. नेपाल आयल निगमले इन्धन चुहावट नियन्त्रण गर्ने उद्देश्यले इन्टरप्राइजेज रिसोर्स प्लानिङ (ईआरपी) सफ्टवेयर कहिलेदेखि लागू गर्ने गरी निर्णय गरेको हो ?
 वि.सं. २०७८ वैशाख २
– देशभरका सबै डिपोमा ईआरपी लागू गर्न केन्द्रीय कार्यालयबाट उच्च स्तरका कर्मचारीको नेतृत्वमा टिम परिचालन गरिएको ।
– ईआरपी सफ्टवेयर लागू भएपछि इन्धन ढुवानी, वितरण र लेखा प्रणालीलाई सुधार गरी चुहावट नियन्त्रणमा सघाउ पुग्ने विश्वास गरिएको ।
– देशभरका डिपोमा रहेको तेलको मौज्दात, बाटोमा ढुवानी हुँदै गरेको तेलको परिमाण, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले दिएको तेलको परिमाणलगायत सबै तथ्याङ्क सफ्टवेयरमार्फत सजिलै जानकारी
पाउन सकिने ।
– पम्प व्यवसायीले सफ्टवेयरमार्फत नै तेलको माग गर्ने हुँदा कुन ठाउँमा तेल कम वा बढी गएको छ भन्ने सजिलैसँग हेरेर माग र आपूर्तिको तालमेलसमेत मिलाउन सकिने ।
– व्यवसायीले घर बसेरै तेलको डिमान्ड गर्न र पैसा तिर्न सक्ने, त्यस्तै ढुवानी व्यवसायीले पनि घरमै बसेर इन्धन ओसारेबापतको भाडा प्राप्त गर्न सक्ने ।

१६. मेरो कित्ता प्रणालीको शुभारम्भ कहिले गरिएको हो ?
 वि.सं. २०७८ वैशाख २
– (नक्सा, प्लट रजिस्ट्रर, फिल्ड रेखाङ्कन निवेदन लगायतका सेवा अनलाइनबाट पाउने गरी यो प्रणाली सञ्चालनमा ल्याउन लागिएको । यो प्रणाली कृषि, उत्पादन र उत्पादकत्व लगायतका पक्षसँग पनि सम्बन्धित रहेको जनाइएको ।)

१७. मानव न्यायशास्त्रका लेखक को हुन् ?
 जयस्थिति मल्ल

१८. सन् २०२१ अक्टोबरमा माल्दिभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले कुन स्थान हासिल ग-यो ?
 द्वितीय
– हालसम्मका साफ च्याम्पियनसिपमध्ये यस च्याम्पियनसिपमा नेपालले उत्कृष्ट खेल प्रस्तुत गरेको ।
– २०७८ कात्तिक १ को मन्त्रिपरिषद् बैठकले उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई पुरस्कारस्वरूप जनही पाँच लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको । त्यसैगरी नेपाली टोलीका प्रशिक्षकलाई पनि जनही तीन लाख रुपियाँ दिने
निर्णय भएको ।
– मालेको राष्ट्रिय रङ्गशालामा भारतले नेपाललाई ३–० ले पछि पार्दै उपाधि जितेको ।

१९. सरकारले सार्वजनिक प्रशासनलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यका साथ १० वर्षे रणनीतिक योजना कहिले सार्वजनिक गरेको हो ?
 वि.सं. २०७७ चैत २५

२०. नेपालको इतिहासमा कुन काललाई पहिलो अभिलेखीकृत शासनकाल मानिन्छ ?
 लिच्छवि काल

२१. कम्प्युटरमा प्रयोग हुने इन्टलको पूरा रूप के हो ?
 इन्टिगे्रटेड इलेक्ट्रोनिक्स

२२. विश्व स्वास्थ्य सङ्गठनका अनुसार वातावरणीय स्वच्छताका हिसाबले एयर क्वालिटी इन्डेक्स (एक्यूआई) कति हुनुपर्छ ?
 ५० एक्यूआईभन्दा तल
– (विश्व स्वास्थ्य सङ्गठनले ५० एक्यूआईभन्दा तल भएको अवस्थालाई स्तरीय मानेको । नेपाल सरकारले भने त्यसलाई एक सयमुनि निर्धारण गरेको अर्थात् एक्यूआई एक सयसम्मको अवस्थालाई
सामान्य मानेको ।)

२३. सबैभन्दा पहिले दौत्य सम्बन्ध कायम भएको आसियान राष्ट्र कुन हो ?
 मलेसिया (सन् १९६० जनवरी १)

२४. नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुन्डो कति क्षेत्रफलमा फैलिएको छ ?
 ३५५५ व.कि.मि.
– (डोल्पा र मुगु जिल्लामा अवस्थित यस राष्ट्रिय निकुञ्जभित्र फोक्सुन्डो ताल रहेको ।)

२५. दक्षिण अमेरिकामा भूपरिवेष्टित राष्ट्र कति रहेका छन् ?
 दुई (बोलिभिया र पाराग्वे)

२६. मैथिली साहित्यका प्रथम गद्यकार एवं नाटककार कसलाई मानिन्छ ?
 ज्योतिरेश्वर

२७. ‘मरुभूमिको हीरा’ भनेर चिनिने राष्ट्र कुन हो ?
 लिविया

२८. राष्ट्रिय खाद्य बैङ्कको उद्घाटन कहिले गरियो ?
 वि.सं. २०७८ वैशाख २
– (नयाँबानेश्वरमा प्रधान कार्यालय रहेको राष्ट्रिय खाद्य बैङ्कको नारा ‘पोसिलो आहारका लागि दिगो
कृषि’ रहेको ।)

२९. संयुक्त अरब इमिरेट्स (यूएई)ले देश विकासका लागि योगदान गर्न सक्ने विदेशी नागरिकलाई नागरिकता दिन सक्ने घोषणा कहिले गरेको हो ?
 सन् २०२१ जनवरी ३०

३०. लोन्ली प्लानेटको स्थापना कहिले भएको हो ?
 सन् १९७२
– पर्यटन क्षेत्रसँग सम्बन्धित यस संस्थाको संस्थापक टोनी ह्विलर र मौरिन ह्विलर रहेका ।
– हरेक वर्ष पर्यटकीय क्षेत्रहरूको सूची प्रकाशन गर्ने यस संस्थाले पर्यटनसम्बन्धी पुस्तकहरू, गाइडबुकहरू तथा श्रव्यदृश्य सामग्रीहरूको उत्पादन तथा बिक्री–वितरण गर्ने । यसको मुख्यालय अस्ट्रेलियाको मेल्वर्न (शाखा कार्यालयहरू ः लन्डन, बेइजिङ र
नयाँदिल्ली)मा रहेको ।
प्रस्तुतकर्ता : टङ्क केसी/गोरखापत्रबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार