लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. सन् २०२२ जुन ८ मा नेपाल संयुक्त राष्ट्रसङ्घको कुन पदमा निर्वाचित भएको हो ?

 उपाध्यक्ष (एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपाल सो पदमा निर्वाचित भएको ।)

– ७७औँ महासभाका लागि उपाध्यक्षमा निर्वाचित अन्य राष्ट्र (१६ राष्ट्र)

– एसिया–प्रशान्त क्षेत्रबाट ः नेपाल, मलेसिया, ताजकिस्तान र तुर्कमेनिस्तान

– अफ्रिकाबाट ः केन्या, बुरुन्डी, बेनिन, नाइजर, जिम्बाब्वे, मौरिटानिया ।

– पूर्वी युरोपबाट ः स्टोनिया

– ल्याटिन अमेरिकाबाट ः चिली, एल साल्भाडोर र जमैका

– पश्चिमी युरोप र अन्यबाट ः इजरायल र अस्ट्रेलिया

– ७७औँ महासभाका लागि अध्यक्षमा निर्वाचित हुने ः सावा कोरोसी (हङ्गेरी)

२. सन् २०७९ साउनमा आइक्यान अवार्डबाट सम्मानित संस्था कुन हो ?

 बुटवल पावर कम्पनी

– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आ.व. २०७७÷७८ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१ अवार्डबाट सम्मानित गरेको ।

– कम्पनीले हाल १२ मे.वा. तथा ९.४ मे.वा. क्षमताका दुईवटा जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरिरहेको र अन्य जलविद्युत् आयोजनामा लगानी गरेको ।

– सिद्धार्थ बैङ्क लिमिटेड बैङ्किङ क्षेत्रको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१ अवार्डबाट सम्मानित भएको ।

– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आर्थिक वर्ष २०२०÷२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको ।

३. सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा कसलाई नियुक्त ग-यो ?

 भुवन केसी (अभिनेता, निर्माता तथा निर्देशक)

– (वि.सं. २०७९ साउन ९ को मन्त्रिपरिषद् बैठकले भुवन केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको ।)

४. स्थानीय तह निर्वाचन (२०७९)मा कुल मतदाता कति रहेका थिए ? 

 १,७७,३३,७२३ (पुरुष मतदाता ः ८९,९२,०१०, महिला मतदाता ः ८७,४१,५३०, अन्य ः १८३)

– निर्वाचन मिति ः २०७९ वैशाख ३० (एकै चरणमा)

– जम्मा मतदान केन्द्र ः २१९५५

– मतदान स्थल ः १०,७५६

– कुल खसेको मत ः ७०.९६ प्रतिशत

– बदर मत ः २.४ प्रतिशत

– सबैभन्दा कान्छा जनप्रतिनिधि ः वशिष्टकुमार, २१ वर्ष (कालिकामाई गा.पा.को अध्यक्षमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी)

– सबैभन्दा बढी उमेरका जनप्रतिनिधि ः रामपदारथ शाह ८० वर्ष (सर्लाहीको ब्रह्मपुरी गा.पा.को अध्यक्ष पदमा ने.का. को तर्फबाट)

– मताधिकारका लागि उमेर हद ः १८ वर्ष

– धेरै मतदाता भएका जिल्लाहरू ः मोरङ, झापा, काठमाडौँ

– कम मतदाता भएका जिल्लाहरू ः मनाङ, मुस्ताङ, डोल्पा

– धैरै मतदाता भएका स्थानीय तह ः काठमाडौँ, पोखरा र भरतपुर महानगरपालिका

– कम मतदाता भएका स्थानीय तह ः नार्पाभूमि गा.पा. (मनाङ), चामे गा.पा. (मनाङ), छार्का ताङसोङ

गा.पा. (डोल्पा)

स्थानीय तह निर्वाचन ः २०७९ मा विभिन्न दलको अवस्था

५. राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको एस.ई.ई परीक्षा, २०७८ मा ४.० जीपीए (ग्रेड प्वाइन्ट एभरेज) ल्याउने परीक्षार्थीको सङ्ख्या कति रहेको छ ?

 ४२

विभिन्न जीपीए ल्याउने परीक्षार्थी

जीपीए ३.६ देखि ४.० ल्याउने ः ९,६३३ (१.९४%)

जीपीए ३.२ देखि ३.६ ल्याउने ः ४१,६२७ (८.४०%)

जीपीए २.८ देखि ३.२ ल्याउने ः ६९,९०० (१४.१०%)

जीपीए २.४ देखि २.८ ल्याउने ः ९०,७५८ (१८.३१%)

जीपीए २.० देखि २.४ ल्याउने ः १,१२,७३३ (२२.७४%)

जीपीए १.६ देखि २.० ल्याउने ः १,००,५९४ (२०.२९%)

जीपीए १.२ देखि १.६ ल्याउने ः ४४,५८६ (८.९९४%)

जीपीए ०.८ देखि १.२ ल्याउने ः ३२८० (०.६६२%)

अनुपस्थित ः २२,६४० (४.५७%)

पछिल्लो पाँच वर्षमा ४.० जीपीए ल्याउने परीक्षार्थी

२०७४ ः ७४

२०७५ ः १०६

२०७६ ः ९०१९

२०७७ ः ८,४४४

२०७८ ः ४२

– २०७४, २०७५ र २०७८ को एसईई राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको ।

– कोभिड–१९ महामारीका बेला २०७६ र २०७७ को एसईईमा विद्यालयले नै आन्तरिक मूल्याङ्कन गरी पठाएको नतिजालाई राष्ट्रिय परीक्षा बोर्डले

प्रमाणीकरण गरेको ।

६. इन्टरनेटको जन्मदाता भनी कसलाई चिनिन्छ ?

 ल्यारी रोबर्ट

७. नेपालको कुन राजनीतिक घटनालाई अप्रिल क्रान्तिका नामले चिनिन्छ ?

 २०६२÷६३ सालको जनआन्दोलन

८. हाइड्रोफोन केका लागि प्रयोग गरिन्छ ?

 पानीभित्रको आवाजको मापन

९. इन्टरनेटको सुरुवात कुन देशबाट भएको हो ?

 अमेरिका

१०. सूचना समाज निर्माणसम्बन्धी पहिलो विश्व सम्मेलन कहिले भएको थियो ?

 सन् २००३

११. नेपालमा गाउँपालिका मात्र भएका जिल्ला कतिवटा छन् ?

 पाँच

१२. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महिला कर्मचारी तथा स्वास्थ्यकर्मीलाई तलब सुविधासहित कति दिन प्रसूति बिदा दिने निर्देशन गरेको हो ?

 ९८ दिन (वि.सं. २०७९ जेठ ३१ गते)

१३. औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ऊर्जामूलक उद्योगअन्तर्गत कुन–कुन उद्योग पर्छन् ?

 जलस्रोत, सौर्यशक्ति, कोइला, प्राकृतिक तेल र इन्धन वा ग्यास, वायोग्यास वा अन्य स्रोतबाट ऊर्जा उत्पादन गर्ने उद्योग, त्यस्तो ऊर्जा उत्पादन गर्न प्रयोेग गरिने मेसिन÷उपकरण निर्माण गर्ने उद्योग, विद्युत् प्रसारण लाइन, विद्युत् वितरण प्रणाली, बायोग्यासमा आधारित ऊर्जा, चिनी उद्योगको सह–उत्पादनका रूपमा उत्पादन हुने विद्युतीय ऊर्जा, ऊर्जाको सम्भाव्यता

अध्ययन गर्ने उद्योग ।

१४. औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ‘बौद्धिक सम्पत्ति’ भन्नाले के बुझिन्छ ?

 पेटेन्ट, डिजाइन, ट्रेडमार्क, भौगोलिक सङ्केत चिह्न, व्यापारिक गोपनीयतालगायतका बौद्धिक सम्पत्तिका साथै प्रचलित कानुनले प्रतिलिपि अधिकारका रूपमा परिभाषित गरेको विषय ।

१५. नेपालको दोस्रो गौतम बुद्ध भनी कसलाई चिनिन्छ ? 

 जयपृथ्वीबहादुर सिंह

१६. तामाङ भाषाको लिपि रोङ हो भने लिम्बू भाषाको लिपि कुन हो ? 

 सिरिजङ्गा

१७. पाटन दरबारलाई पहिले के भनी चिनिन्थ्यो ? 

 मनिगल

१८. सन्की राजा भनी श्री ५ सुरेन्द्रलाई चिनिन्छ भने अयोग्य राजा भनी कसलाई चिनिन्छ ? 

 श्री ५ राजेन्द्र

१९. पूर्वको गोसाइँकुण्ड भनेर चिनिने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कुन हो ?

 तिम्बुपोखरी

– पाँचथरको याङवरक गाउँपालिका–२ र ताप्लेजुङको सिदिम्बा गाउँपालिका–१ को सीमामा अवस्थित तिम्बुपोखरी पर्यटकीय र धार्मिक दृष्टिले महìवपूर्ण गन्तव्यका रूपमा चिनिएको ।

– समुद्री सतहबाट ४४८० मिटरको उचाइमा रहेको तिम्बुपोखरी नेपालको नक्सा आकारमा फैलिएको ।

– तिम्बुपोखरी आसपासमा हाडीपोखरी, रामलक्ष्मण, लक्ष्मी पोखरी, मयुरपोखरी, दुधपोखरी लगायतका

पोखरी रहेका ।

– कञ्चनजङ्घासहित अन्य हिमशृङ्खला दृश्यावलोकनका साथै यात्राका क्रममा हिमाली जनजीवनसँग प्रत्यक्ष साक्षात्कार गर्न सकिनेलगायतका आकर्षण यस क्षेत्रमा रहेको ।

२०. संयुक्त राष्ट्रसङ्घले कुन वर्षलाई इन्टरनेसनल इयर अफ क्रिएटिभ इकोनोमी फर सस्टेनेबल डेभलपमेन्टका रूपमा मनायो ?

 सन् २०२१

२१. नेपाल पन्छी संरक्षण सङ्घले नेपालमा पाइने चराको गणनाका लागि प्रयोगमा ल्याएको एप कुन हो ? 

 छिमेकी चरा

– सङ्घले छिमेकी चरा एपमार्फत नेपालमा पाइने चराको गणना गर्नुका साथै संरक्षणको पहल गर्ने भएको ।

– सो एपमार्फत चराको सङ्ख्या, जिल्लाअनुसार चराको जातिको विवरण प्राप्त हुने जनाइएको ।

– यो एप जो कोहीले पनि आफ्नो मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सकिने । एप प्रयोग गर्ने व्यक्तिले आफ्नो घर वरपर, बगैँचा, वन, जङ्गल वा कुनै स्थानमा चराको विवरण एपमार्फत सङ्घलाई सूचना दिन सक्ने । एपमा भएका चरामध्ये जुन चरा हो, सोही चराको फोटो क्लिक गर्नुपर्ने । चराको फोटोसँगै नम्बरहरू पनि राखिएको । चरा चिन्न नसकेमा वा एपमा राखिएका एक सय चरामध्ये आपूmले देखेको चरा छुट्याउन नसकेमा एपमा नै सहयोग

माग्न सकिने ।

– विदेशमा यस्तो अभ्यास धेरै अघिदेखि हुँदै आएको ।

२२. हालसम्म रेकर्ड भएको सबैभन्दा लामो चट्याङ कुन हो ?

 सन् २०२० मा अमेरिकामा परेको चट्याङ

– सोसम्बन्धी तथ्य सन् २०२२ फेब्रुअरी १ मा

सार्वजनिक भएको ।

– सन् २०२० अप्रिल २९ मा परेको सो चट्याङ ७६८ कि.मि. (४७७.२ माइल) लामो रहेको ।

– तीन अमेरिकी राज्य टेक्सास, मिसिसिपी र लुइजिनियाको आकाशमा सो बिजुली चम्किई विद्युतीय लहर आकाशबाट जमिनमा खसेको ।

– यसअघि सन् २०१८ मा ब्राजिलमा परेको चट्याङलाई सबैभन्दा लामो (७०९ कि.मि. अर्थात् ४४०.६ माइल) चट्याङ मानिएको थियो ।

– हालसम्मको रेकर्डमा समयावधिका हिसाबले सबैभन्दा लामो चट्याङ कुन हो ?

– उरुग्वे र अर्जेन्टिनामा परेको चट्याङ

– यससम्बन्धी तथ्य सन् २०२२ फेब्रुअरी १ मा

सार्वजनिक भएको ।

– सन् २०२० जुन १८ मा परेको सो चट्याङ १७.१०२ सेकेन्डसम्म देखिएको ।

– यसअघि सन् २०१९ मा अर्जेन्टिनामा देखिएको

१६.७३ सेकेन्ड समयावधिको मेघा फ्ल्यासलाई

मानिएको थियो ।

प्रस्तुतकर्ता : टंक के.सी./गोरखापत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार