लोक सेवा आयोगको अधिकृततहकाे परिक्षाकाे तयारीमा रहेकोले पढ्नुपर्ने विषयहरु

  • नेपालको संविधान पढ्नुपर्छ । संविधानका निर्देशक सिद्धान्तहरु, संविधानले राज्यलाई दिएको निर्देशन, मौलिक हक, संबैधानिक निकायहरु, राज्यको आर्थिक कार्यप्रणाली लगायत कुराहरुलाई एकदमै क्रिटिकल भएर अध्ययन गर्नुपर्छ । शब्दले के भन्न खोजेको छ, व्यवहारमा के छ भन्ने कुराहरु उसले पढ्नुपर्छ ।
  • आवधिक योजना अर्थात अहिलेका लागि १४ औँ योजनालाई निकै महेनत गरेर पढ्नुपर्छ ।
  • निजामति सेवा ऐन । निजामती सेवा ऐनले समग्र निजामति प्रशासनलाई दिशानिर्देश गर्ने भएकाले उक्त ऐन, नियमावलीहरुलाई मसिनो गरि पढ्नुपर्छ ।
  • त्यसपछि चालु बर्षको बजेट, नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षणका तथ्यांकहरु गहन रुपमा अध्ययन गर्नुपर्छ । यससँगै नेपालको दिगो विकासको लक्ष्यलाई पनि राम्रोसँग पढ्नुपर्छ ।
  • उल्लेखित विषयहरु पढ्दा हल्का रुपमा नभए हरेक शब्दको आशय र व्यवहारमा के भइरहेको छ भन्ने कुरा ख्याल गर्ने गरि पढ्नुपर्छ ।
  • त्यसपछि पाठ्यक्रममा भए अनुसारको विषयवस्तुको सन्दर्भ सामाग्री कलेक्सन गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार