लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना कहिले भएको हो ?
 वि.सं. २०७८ असोज १२
– कसुरजन्य सम्पत्तिको व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ गृह मन्त्रालयअन्तर्गत रहने गरी सो विभाग गठन भएको ।
– यसअघि अदालतले नै यससम्बन्धी कार्य गर्दै आएको ।
– कसुरजन्य सम्पत्तिको व्यवस्थापनका लागि वि.सं. २०७० मा संसद्बाट ऐन पास भएको साथै करिब सात महिनाअघि नियमावली बनिसकेको । त्यस्तै वि.सं. २०७७ साउन १५ मा कसुरजन्य सम्पत्ति व्यवस्थापन एकाइ गठन गरिएको थियो ।
– विभागले अपराधमा प्रयोग भएका तथा लुकाइएका र अदालतले जफत गर्न फैसला गरेका सम्पत्तिको समेत खोजी गरी नियन्त्रणमा लिनसक्ने ।
– नियन्त्रणमा लिइएका सम्पत्ति बिग्रने अवस्था भएमा अदालतको आदेश लिएर सरकारले बिक्री–वितरणसमेत गर्न सक्ने । साथै रोक्का राखिएको तथा नियन्त्रणमा लिइएको सम्पत्ति तथा साधनबाट आयस्ता हुने देखिएमा इच्छुक व्यक्ति तथा संस्थासँग सरकारी सम्पत्ति लिजमा दिनेसम्बन्धी कानुनअनुसार लिजमा दिन सक्ने ।
– अदालतको आदेशअनुसार धरौटी लिने र अन्तिम फैसलापछि फिर्ता गर्ने काम पनि विभागकै हुने ।
– कसुरजन्य सम्पत्ति लिलाम बिक्री गर्ने अधिकार पनि विभागलाई रहेको । यसका लागि विभागको महानिर्देशकको नेतृत्वमा पाँच सदस्यीय मूल्याङ्कन समिति गठन हुने प्रावधान रहेको ।

२. ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१ अन्तर्गत ‘सोसियल कन्ट्रिव्युसन अवार्ड क्राइसिस रेस्पोन्स अवार्ड’ प्राप्त गर्ने नेपाली सञ्चार क्षेत्रको कम्पनी कुन हो ?
 एनसेल

३. मोबाइल एप्स, कम्प्युटर सफ्टवेयरलगायतका डिजिटल उत्पादनमा रहेका ‘बग’ अर्थात् सुरक्षा कमजोरी पत्ता लगाउन र ठूलो क्षतिबाट बच्न कम्पनीहरूले सञ्चालन गर्ने प्रोग्रामलाई के भनी चिनिन्छ ?
 बग बाउन्टी प्रोग्राम
– कमजोरी पत्ता लगाउन ती कम्पनीले बग बाउन्टी प्रतियोगिता राख्ने गर्छन् र त्यसका लागि निमन्त्रणा दिने गर्छन् ।
– यस कार्यमा साइबर सुरक्षामा दिग्गज इथिकल ह्याकरदेखि भर्खर यस क्षेत्रमा रुचि राख्ने जोसुकैले सहभागिता जनाउन सक्छन् ।
– यसरी डिजिटल उत्पादनमा रहेका छिद्र वा कमजोरी भेटिएमा त्यस कम्पनीलाई खबर गरिन्छ र त्यस्तो कमजोरी भेट्टाउने पहिलो व्यक्ति बन्न सक्नेलाई सो कम्पनीले घोषणा गरेको रकम प्रदान गर्छ, जसलाई ‘बग बाउन्टी रिवार्ड’ भनिन्छ ।
– गुगल, फेसबुक, माइक्रोसफ्टलगायतका टेक कम्पनीहरूले नियमित रूपमा यस्तो प्रोग्राम सञ्चालन गर्ने गर्छन् ।

४. ‘स्मार्ट गोरखापत्र–२०१८’को औपचारिक शुभारम्भ कहिले गरिएको हो ?
 वि.सं. २०७४ फागुन २

५. सरकारले उपभोक्ताको स्वास्थ्यमा हुने गरेको विभिन्न समस्यालाई ध्यान दिँदै दूधमा कति प्रकारको मापदण्ड निर्धारण गरेको छ ?
 चार
– प्रशोधित दूधको पूर्ण फ्याटयुक्त, कम फ्याटयुक्त, फ्याटरहित र सुगन्धित गरी चार प्रकारका मापदण्ड कार्यान्वयनमा ल्याइएको । यसअघि पाश्चराइज्ड दूधको मात्रै मापदण्ड कार्यान्वयनमा रहेको ।
– मापदण्डअनुसार पूर्ण फ्याटयुक्त दूधमा फ्याट कम्तीमा ५ प्रतिशत र चिल्लोबाहेक ठोसको मात्रा घटीमा ८ प्रतिशत, कोलिफर्मको उपस्थिति शून्य र जीवाणुरहित हुनुपर्ने, कम फ्याटयुक्त प्रशोधित दूधमा फ्याट कम्तीमा १.५ प्रतिशत र फ्याटबाहेक ठोस दूधको मात्रा ८ प्रतिशत, कोलिफर्म शून्य र जीवाणुरहित, फ्याटरहित प्रशोधित दूधको हकमा फ्याटको मात्रा बढीमा ०.५ प्रतिशत र फ्याटबाहेकको ठोसको मात्रा ८ प्रतिशत, कोलिफर्मको उपस्थिति शून्य र जीवाणुरहित तथा प्रशोधित सुगन्धित दूधको हकमा दूध वा दुग्धजन्य पदार्थ वा दुवैको मिश्रणमा चिनी र अन्य खानयोग्य सुगन्धित खाद्यपर्दाथ (नट्सको टुक्रा र धुलो, चक्लेट आदि) मिसाई बनाएको दूध समावेश गरिएको ।

६. विश्वकै ठूलो नोबल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?
 सन् १९०१
– अर्थशास्त्रतर्फको नोबल पुरस्कार भने सन् १९६८ देखि दिन थालिएको ।
– नोबल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका पुरस्कार स्विडेनको राजधानी स्टकहोममा प्रदान गरिन्छ ।
– यो पुरस्कार संयुक्त रूपमा तीन जनासम्मले पाउन सक्ने ।

७. विश्व अहिंसा दिवस कहिले मनाउने गरिन्छ ?
 अक्टोबर २

८. चीनको ग्वान्जाओमा नेपालको महावाणिज्य दूतावासको स्थापना कहिले गरिएको हो ?
 वि.सं. २०७४ भदौ २५ (१० सेप्टेम्बर २०१७)

९. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कहाँ रहेको छ ?
 जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा
(दुर्गम एवं पिछडिएको क्षेत्रमा सहज रूपमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन, स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तथा सर्वसाधारण जनतालाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन वि.सं. २०६८ मा यस प्रतिष्ठानको स्थापना गरिएको ।)

१०. तीनजुरे–मिल्के–जलजलेलाई लालीगुराँसको राजधानीका रूपमा कहिले घोषणा गरिएको हो ?
 वि.सं. २०५५

११. बेल्ट एन्ड रोड साहित्यिक सञ्जालको स्थापना कहिले गरिएको हो ?
 सन् २०२१ सेप्टेम्बर ७
– चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सह–संस्थापक रहेको बेल्ट एन्ड रोडसँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एन्ड रोड’ (बेल्ट एन्ड रोड साहित्यिक सञ्जाल) स्थापना भएको ।
– साहित्य, संस्कृति र सभ्यताको अध्ययन–अनुसन्धान, अनुवाद, प्रतिलिपि अधिकारको संरक्षण, प्रकाशन, साहित्यिक एवं सांस्कृतिक आदान–प्रदान आदि गर्ने उद्देश्यका साथ यो सञ्जाल स्थापना गरिएको ।
– बेल्ट एन्ड रोडसँग जोडिएका दर्जनौँ देशका सरकारी प्रज्ञा–प्रतिष्ठान समेटी उक्त सञ्जाल स्थापना भएको ।
– सन् २०२१ सेप्टेम्बर ७ तारिखका दिन बेइजिङमा बेविनारका माध्यमबाट आयोजित एक समारोहबीच उक्त बृहत् सञ्जाल स्थापनाको घोषणा गरिएको ।
– सञ्जालको सचिवालय बेइजिङस्थित चिनियाँ लेखक सङ्घको कार्यालयमा रहेको ।

१२. हालै पूर्वी नेपालका विभिन्न जिल्ला समेटी रेखाङ्कन गरिएको पदमार्ग कुन हो ?
 मुन्धुम पदमार्ग
– (नेपाल पर्यटन बोर्डको सहयोग तथा मैयुङ–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रको सक्रियतामा विज्ञसहितको टोलीद्वारा खोटाङ, भोजपुर, सङ्खुवासभा एवं सोलुखुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो पदमार्गको अवधारणा अघि सारिएको ।)

१३. द्रव्य शाहले गोरखा राज्यको स्थापना कहिले गरेका थिए ?
 वि.सं. १६१६ भदौ २५

१४. नेपाली साहित्यका प्रथम शहीद भनी कसलाई चिनिन्छ ?
 सुब्बा कृष्णलाल अधिकारी

१५. स्मार्ट प्रविधिको प्रयोग बढाई ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ट्राफिक मोबाइल एपको शुभारम्भ कहिले गरियो ?
 वि.संं. २०७३ वैशाख २०

१६. मङ्गल ग्रहमा पानी रहेको तथ्य प्रस्तुत गर्ने नेपाली वैज्ञानिक लुजेन्द्र ओझा हुन् भने नयाँ ग्रह पत्ता लागेको सैद्धान्तिक आधार प्रस्तुत गर्ने नेपाली वैज्ञानिक को हुन् ?
 सुमन सत्याल

१७. नेपालको संविधान (२०७२)को कुन धारामा शिक्षासम्बन्धी हकको व्यवस्था गरिएको छ ?
 धारा ३१

१८. नेपालको वर्तमान संविधानअनुसार प्रत्येक नागरिकलाई राज्यबाट कुन तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था छ ?
 आधारभूत तह

१९. आबाल ब्रह्मचारी षडानन्द अधिकारीले भोजपुरको दिङ्लामा संस्कृत पाठशालाको स्थापना कहिले गरेका थिए ?
 वि.सं. १९३२

२०. तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचारमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?
 भीमशमशेर

२१. दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता (साउथ एसियन फुटबल फेडरेसन–साफ) २०२१ कहिले र कहाँ आयोजना गरिएको छ ?
 सन् २०२१ अक्टोबर १–१६, माले (माल्दिभ्स)

२२. गोश्वारा हुलाक कार्यालयद्वारा काठमाडौँ उपत्यकामा घुम्ती हुलाक सेवाको सुरुवात कहिले गरिएको हो ?
 वि.सं. २०७४ वैशाख १५

२३. ‘बौद्धिकताको वास्तविक मुहान ज्ञान होइन, कल्पना हो’ भन्ने विचारक को हुन् ?
 अल्बर्ट आइन्स्टाइन

२४. बराबर क्षेत्रफल भएका नगरपालिका धुलिखेल र बनेपा (५५ व.कि.मि.) हुन् भने बराबर क्षेत्रफल भएका गाउँपालिका कुन–कुन हुन् ?
 ओखलढुङ्गा जिल्लाका चम्पादेवी र चिशङ्खुगढी (१२६.९१ व.कि.मि.)

२५. नेपालको संविधान (२०७२) अनुसार प्रदेशको कार्यकारिणी कार्य कसको नाममा हुने प्रावधान छ ?
 प्रदेश सरकार

२६. नेपालको वर्तमान संविधानअनुसार राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी अधिकार एवं अवशिष्ट अधिकारसमेतलाई के भनिन्छ ?
 राज्यशक्ति

२७. महिला र पुरुषबीच समानता कायम गर्न सार्वजनिक साधन स्रोतको न्यायोचित विनियोजन गर्ने प्रकृतिको बजेटलाई के भनी चिनिन्छ ?
 लैङ्गिक बजेट
– नेपालमा आ.व. २०६४/६५ देखि लैङ्गिक बजेट लागू गरिएको ।
– महिला र पुरुषबीच समानता कायम गर्न सहयोग पु-याउनु, बजेट कार्यक्रम र आयोजनाबाट महिलाको क्षमता अभिवृद्धि गर्नु, महिला र पुरुषका भिन्न–भिन्न आवश्यकतालाई भिन्न–भिन्न प्रकारले सम्बोधन गर्नु, आयोजना चक्रका सबै प्रक्रियामा महिलाको सक्रिय एवं सार्थक सहभागिता गराउनु, लाभको बाँडफाँटमा महिलाको हिस्सा वृद्धि गर्नु, सार्वजनिक स्रोतसाधनको न्यायोचित वितरण गर्नु लैङ्गिक बजेटको उद्देश्य रहेको ।

२८. नदीमा सुन चाल्ने र माछा मारेर जीविका चलाउँदै आएका सोनाहा जातिको मुख्य बसोबास कहाँ रहेको छ ?
 बर्दिया, कैलाली र कञ्चनपुर
(झन्डै एक हजार २४० को सङ्ख्यामा रहेको सोनाहा जाति सूचीकृत नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भएको ।)

२९. स्काइल्याब भन्नाले के बुझिन्छ ?
 पृथ्वीका बारेमा विविध प्रकारका अनुसन्धान गर्न अन्तरिक्षमा स्थापित प्रयोगशाला

३०. मानव शरीरको सबैभन्दा ठूलो ग्रन्थी कुन हो ?
 कलेजो

-प्रस्तुतकर्ता :टङ्क केसी/गोरखापत्रबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार