लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ ?
 भदौ २०
– ‘मानव बेचबिखनमुक्त समाज, हाम्रो प्रतिबद्धता : सबैको प्रयास र ऐक्यबद्धता’ भन्ने नाराका साथ २०७८ भदौ २० मा यो दिवस मनाइएको ।
– सन् २००२ मा काठमाडौँमा सम्पन्न ११औँ सार्क शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि २००२ लाई वि.सं. २०६३ भदौ २० गते तत्कालीन प्रतिनिधि सभाबाट अनुमोदन गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष भदौ २० गतेलाई मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको ।

२. युरोपकै पहिलो महिला बहुमत संसद्युक्त मुलुक कुन हो ?
 आइसल्यान्ड
– हालै सम्पन्न निर्वाचनमा कुल ६३ सिटमध्ये ३३ (५२ प्रतिशत) सिटमा महिला निर्वाचित ।
– सन् २०१७ को निर्वाचनको तुलनामा महिलाले नौवटा बढी सिट जितेर नयाँ कीर्तिमान कायम गरेको ।

३. वि.सं. २०७८ को संविधान दिवसका अवसरमा नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न’ कसलाई प्रदान गर्ने घोषणा गरियो ?
 पूर्वप्रम कृष्णप्रसाद भट्टराई (मरणोपरान्त)
(यसैगरी, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव मानपदवी प्रदान गरिएको ।)

४. नेपालमा अप्टिकल फाइबर बिछ्याउने कार्यको सुरुवात कहिलेदेखि गरिएको हो ?
 वि.सं. २०७६ जेठ ६
– ‘डिजिटल पूर्वाधार समृद्धिको आधार ः हाम्रो प्रयास सूचना प्रविधिको विस्तार’ नाराका साथ अप्टिकल फाइबर बिछ्याउने कार्य धादिङको गल्छीका साथै सिन्धुलीको खुुर्कोट र धनकुटाको हिलेबाट सुरुवात भएको ।
– अप्टिकल फाइबरमार्फत उच्च गतिको व्यान्डविथ प्रवाह गर्न सकिने ।

५. युरोपेली आयोगको अध्यक्षमा चयन हुने पहिलो महिला को हुन् ?
 उर्सुला भन डर लियोन
– जर्मनीको रक्षामन्त्रीको कार्यभार सम्हालेकी उर्सुला ईयूको अध्यक्षमा चयन हुने पहिलो महिला ।
– उनको कार्यकाल सन् २०१९ नोभेम्बर १ बाट सुरु भएको ।
– ईयू आयोगका अध्यक्षको कार्यकाल पाँच वर्षको हुने
प्रावधान रहेको ।

६. नेपालमा आमनिर्वाचन दिवस कहिलेदेखि मनाउन थालिएको हो ?
 वि.सं. २०७३
– नेपालमा वि.सं. २०१५ फागुन ७ मा पहिलो आमनिर्वाचन भएको सम्झनामा हरेक वर्ष फागुन ७ का दिन यो दिवस मनाउन थालिएको ।
– वि.सं. २०७७ फागुन ७ मा मनाइएको पाँचाँै निर्वाचन दिवसको नारा ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ रहेको । वि.सं. २०७६ मा ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचन ः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ नाराका साथ यो दिवस मनाइएको ।

७. संस्कृत भाषाको पहिलो चलचित्र ‘गुरु दक्षिणा’ हो भने नेपाली भाषाको पहिलो चलचित्र कुन हो ?
 सत्य हरिश्चन्द्र

८. इन्द्र सरोवर ताल कहाँ पर्छ ?
 मकवानपुर
– मकवानपुर जिल्लामा पर्ने कुलेखानी जलविद्युत्् परियोजनाका लागि निर्मित सात किलोमिटर लामो जलाशयलाई नै इन्द्र सरोवर भनिन्छ ।
– युवराज्ञी इन्द्रराज्यलक्ष्मीदेवी शाहको स्मृतिमा ‘इन्द्र सरोवर नामकरण गरिएको यो नेपालको सबैभन्दा ठूलो मानव निर्मित ताल हो ।
– यो ताल मत्स्यपालन र पर्यटकीय दृष्टिले आकर्षक स्थल बन्न पुगेको छ ।

९. ‘अर्थ आवर’ भन्नाले के बुझिन्छ ?
 डब्लूडब्लूएफद्वारा वातावरण र पृथ्वीको संरक्षणबारे सञ्चालित अभियान ।

१०. संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल पुनः कहिले निर्वाचित भएको हो ?
 सन् २०२० अक्टोबर १३
– नेपाल सन् २०२१–२०२३ सम्मको कार्यकालका लागि निर्वाचित भएको ।
– यसअघि नेपाल सन् २०१८–२०२० सम्मको कार्यकालका लागि निर्वाचित भएको थियो ।
– यस परिषद्मा एसिया प्रशान्त क्षेत्रबाट १३, अफ्रिकाबाट १३, पूर्वी युरोपबाट छ, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रबाट आठ, पश्चिम युरोप र अन्यबाट सात राष्ट्र गरी ४७ सदस्य रहने प्रावधान ।
– यस संस्थाको स्थापना सन् २००६ मार्च १५ मा भएको ।
– यसको प्रधान कार्यालय स्विजरल्यान्डको जेनेभामा रहेको ।

११. विश्व व्यापार सङ्गठनको पहिलो महिला महानिर्देशक को हुन् ?
 एन्गोजी ओकोन्जो (नाइजेरिया)
– सन् २०२१ फेब्रुअरी १५ मा नियुक्त ओकोन्जोले सन् २०२१ मार्च १ देखि कार्यभार सम्हालेकी ।
– डब्लूटीओ महानिर्देशकको कार्यकाल चार वर्षको हुने ।

१२. दुई दिनसम्म लगातार नृत्य गरी गिनिज बुकमा नाम लेखाउन सफल नेपाली दिदीबहिनी को हुन् ?
 रुविशा र एलिशा श्रेष्ठ

१३. असंलग्न आन्दोलनको प्रथम शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
 सन् १९६१ सेप्टेम्बर १–६, बेलग्रेड (युगोस्लाभिया)
– यसको १९औँ सम्मेलन सन् २०१९ अक्टोबर २५–२६ सम्म अजरवैजानको बाकुमा सम्पन्न भएको ।
– हाल यस संस्थाका सदस्य राष्ट्रको सङ्ख्या १२० रहेको । त्यसैगरी १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक संस्था रहेका छन् ।

१४. ब्रिक्सको १३औँ सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
 सन् २०२१ मार्च २७, भारत
– (ब्रिक्सको १२औँ सम्मेलन सन् २०२० जुलाई २१–२३ सम्म रुसमा (भिडियो कम्फरेन्सद्वारा) सम्पन्न भएको ।)

१५. हेनेली पासपोर्ट इन्डेक्स–२०२१ अनुसार शक्तिशाली पासपोर्टको सूचीमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
 १०९औँ
– विश्वकै बलियो (प्रभावशाली) पासपोर्ट भएका राष्ट्रहरू क्रमशः जापान (१९३ गन्तव्य), सिङ्गापुर (१९२ गन्तव्य), जर्मनी, दक्षिण कोरिया (१९१ गन्तव्य), फिनल्यान्ड, इटाली, लक्जेम्बर्ग, स्पेन (१९० गन्तव्य), अस्ट्रिया, डेनमार्क (१८९ गन्तव्य) ।
– कमजोर पासपोर्र्टको सूचीमा रहेका राष्ट्रहरू ः अफगानिस्तान (२६ गन्तव्य), इराक (२८ गन्तव्य), सिरिया (२९ गन्तव्य), पाकिस्तान (३२ गन्तव्य), यमन (३३ गन्तव्य) ।

१६. ‘एक नर्स एक विद्यालय’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?
 प्रदेश ३

१७. पशुपक्षीका लागि खोप उत्पादन गर्ने हेस्टर वायोसाइन्सेज प्रा.लि.को स्थापना कहाँ गरिएको छ ?
 काभ्रेपलाञ्चोक

१८. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
 अर्थमन्त्री

१९. बी३डब्लू ९द्यगष्मि द्यबअप द्यभततभच ध्यचमि० कुन देशद्वारा ल्याइएको योजना हो ?
 अमेरिका
– सन् २०२१ जुन २१ मा बेलायतमा भएको जी–७ को बैठकमा अमेरिकाले पहिलोपल्ट यो अवधारणा अघि सारेको ।
– न्यून तथा मध्यम आय भएका मुलुकमा पूर्वाधारको विकास गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको ।
– चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा सन् २०१३ मा सार्वजनिक गरिएको बीआरआई (द्यभति बलम च्यबम क्ष्लष्तष्बतष्खभ)को प्रतिस्पर्धी योजनाका रूपमा यो अवधारणा ल्याइएको ।

२०. राष्ट्रसङ्घको बडापत्रमा १११ धारा रहेका छन् भने सार्क बडापत्रमा कति धारा रहेका छन् ?
 १०

२१. नेपाल र बङ्गलादेशबीच द्विपक्षीय इनर्जी–कोअपरेसन सम्बन्धी समझदारी–पत्र (एमओयू)मा हस्ताक्षर कहिले भएको हो ?
 वि.संं. २०७५ साउन २५
– सम्झौता–पत्रमा नेपाल र बङ्गलादेशबीच जलविद्युत्मा लगानी गर्ने, दुई देशका ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेयरिङ कमिटी, सहसचिवस्तरीय ज्वाइन्ट वर्किङ ग्रुपजस्ता संयन्त्र बनाउने
विषय समेटिएको ।
– समझदारी–पत्रमा नेपालका तर्फबाट तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन र बङ्गलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदद्वारा हस्ताक्षर भएको ।

२२. संयुक्त राष्ट्रसङ्घअन्तर्गत जलवायु परिवर्तनसम्बन्धमा आवश्यक नीति निर्माण एवं वैज्ञानिक तथ्यहरूको विश्लेषण गर्ने उद्देश्यका साथ अन्तरदेशीय निकाय (आईपीसीसी)को गठन कहिले गरिएको हो ?
 सन् १९८८

२३. नेपालमा विद्युत् तथा ऊर्जा सङ्ग्रहालय कहाँ रहेको छ ?
 फर्पिङ (काठमाडौँ)

२४. अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?
 प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा सञ्चालित कार्यक्रम

२५. सूचना प्रविधि केन्द्र स्थापना गर्ने पहिलो स्थानीय तह कुन हो ?
 साँफेबगर नगरपालिका (अछाम)

२६. ‘फाइनान्सियल एक्सन टाक्स फोर्स’को पूर्ण सदस्यता प्राप्त गर्ने पहिलो अरब मुलुक कुन हो ?
 साउदी अरब

२७. विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई कतिऔँ कला नगरीका रूपमा घोषणा गरेको हो ?
 ३५औँ

२८. इन्डोनेसियाको मुद्रालाई रुपियाँ भनिन्छ भने मलेसियाको मुद्रालाई के भनिन्छ ?
 रिङ्गिट

२९. मध्यकालमा सुदूरपश्चिममा बाइसे राज्य थिए भने मध्य क्षेत्रमा कस्ता राज्य थिए ?
 चौबीसे राज्य

३०. गुल्मीमा पहिलोपटक ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषित स्थानीय तह कुन हो ?
 मालिका गाउँपालिका (वि.सं. २०७८ असोज ७)
– नेपाल सरकारको स्थानीय तह स्वास्थ्य कार्यक्रम सञ्चालन निर्देशिका बमोजिमका मापदण्ड पूरा गरेपश्चात् गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषणा गरिएको ।
– यस गाउँपालिकाका सबै वडामा वर्थिङ सेन्टर रहेका ।

-प्रस्तुतकर्ता : टङ्क केसी/गोरखापत्रबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार