पर्यटन : तथ्यतथ्यांक र कोरोना महामारी

  निनाम कुलुङ 'मंगले'
35 Shares

पर्यटनको कुरो गर्दा हामी नेपालीहरुका लागि सुखद कुरो के भने, सन् २०२० मा कोरोना महामारी (कोभिड–१९) का कारण धेरै कम संख्ययामा विदेशी पर्यटकहरु नेपाल घुम्न आएको भए तापनि सो वर्ष नेपाल घुम्न आएका विदेशी पर्यटकबाट समग्रमा २५ अर्ब नेपाली रुपैयाँ बराबर आमदानी गर्न सफल भएको छ । पर्यटन क्षेत्रबाट भएको यो आमदानी तुलनात्मक रुपमा हेर्दा सन् २०१९ को तुलनामा ८० प्रतिशतले बढी आमदानी हो भन्ने भनाइ रहेको छ, पर्यटन विभागको । हुन त तथ्यांक नै हेर्ने हो भने, सन् २०१९ मा पनि सन् २०१८ को तुलनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकबाट नेपाली पर्यटन उद्योग र नेपाल सरकारले ७३ प्रतिशत बढी आमदानी गरेको थियो, पर्यटन क्षेत्रबाट । त्यसो त सबैलाई थाहा छ, अहिलेको पर्यटन क्षेत्रको दुरावस्था भनेको नेपालको मात्रै नभएर, विश्वभरिकै पर्यटन उद्योग र पर्यटनसँग सम्बन्धित व्यवसाय धरमरमा रहेको अवस्था हो । यसको मुख्य कारण भने सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी सरह वुहानबाट पैmलन सुरु भएको ‘नोभेल कोरोनाभाइरस’ को महामारी नै हो भन्ने कसैबाट पनि लुकेको–छिपेको छैन ।

संयुक्त राष्ट्र संघ मातहत रहेको विश्व पर्यटन संगठन ‘वल्र्ड टुरिज्म अर्गनाइजेसन’ (युएनडब्लुटिओ) को पछिल्लो प्रतिवेदअनुसार विश्व पर्यटनमा पूर्ण रुपमा सुधार आउन अभैm लगभग तीन वर्ष अर्थात् सन् २०२४ समम्म लाग्न सक्छ । त्यो पनि सन् २०१९ को स्थितिमा आउन । त्यसपछि बल्ल बढोत्तरीको स्थितिमा पुग्छ, अर्थात् सन् २०२५ पछि बल्ल विश्व पर्यटनमा संख्या (घुम्न निक्लने पर्यटक) र उनीहरुले गर्ने खर्च पनि बढ्दै जानेछ । त्यो पनि हालको कोरोना महामारी (कोभिड–१९) ले विश्राम लिएमा अन्यथा… ।

जे भए तापनि सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनबाट पैmलन सुरु भएको कोरोना महामारीले हाल (लगभग दुई वर्षपछि) केही हदसम्म कम हुँदै गएको संकेत गर्दैछ । यो संकेतसँगै विश्व पर्यटनले पुनः गति लिनेछ, आप्mनो लयमा पुनः हिँड्ने छ भन्ने आशा जागेको छ । आशा गरौं नेपाली पर्यटनले पाि विस्तारै आप्mनो गति लिनेछ, पूरानै लयमा हिँड्नेछ, अझ अगाडि बढेर उन्नति र प्रगति गर्ने छ ।

सन् १९६३ देखि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको तथ्यांक राख्न थालेको देखिन्छ । तत्कालीन श्री ५ को सरकारले सन् १९६३ मा आधिकारिक रुपमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको तथ्य–तथ्यांक राख्न थालेको देखिन्छ । यसरी हेर्दा सन् १९६३ मा सात हजार २७५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै सन् १९६४ मा नौ हजार ५२६, सन् १९६५ मा नौ हजार ३८८ (अघिल्लो वर्षको तुलनामा माइनस १ दशमलब ४ प्रतिशत कम), सन् १९६६ मा १२ हजार ५६७, सन् १९६७ मा १८ हजार ९३ जना, सन् १९६८ मा २४ हजार २०९ जना, सन् १९६९ मा ३४ हजार ९०१ जना, सन् १९७० मा ४५ हजार ९७० जना, सन् १९७१ म ४९ हजार ९१४ जना, सन् १९७२ मा ५२ हजार ९३० जना, सन् १९७३ मा ६८ जहार ४७ जना, सन् १९७४ मा ८९ हजार ८३८ जना, सन् १९७५ मा ९२ हजार ४४० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको माथि उल्लेखित किताबको तथ्यांकमा उल्लेख भएको देखिन्छ ।

त्यस्तै सन् १९७६ देखिचाहिँ नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्याले एक लाख नाघ्न थालेको देखिन्छ । स्मरण रहोस्, सन् १९७६ मा एक लाख पाँच हजार १०८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक्रमण गर्न आउने विदेशी पर्यटकको संख्याले दुई लाख नाघ्यो । स्मणीय छ, सन् १९८६ मा दुई लाख २३ हजार ३३१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् १९९२ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्याले तीन लाख नाघ्यो । सन् १९९२ मा तीन लाख ३४ हजार ३५३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे । तर, सो बढोत्तरी निरन्तर कायम रहन सकेन । किनभने, सन् १९९३ मा सो संख्या घटेर दुई लाख ९३ हजार ५६७ जनामा झर्यो । सन् १९९२ को तुलनामा यो संख्या माइनस १२ दशमलब दुई प्रतिशत कम रहेको थियो ।

जे होस्, सन् १९९७ मा चार लाख पुग्यो, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या । तर, नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या पाँच लाख पुग्न अर्को १० वर्ष लाग्यो । अर्थात् सन् २००७ मा बल्ल पाँच लाख २६ हजार ७०५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे । त्यसपछि सन् २०१० मा छ लाख दुई हजार ८६७ जना, सन् २०११ मा सात लाख ३६ हजार २१५ जना, सन् २०१२ मा आठ लाख तीन हजार ९२ जना, सन् २०१३ मा सात लाख ९७ हजार ६१६ जना (अघिल्लो वर्षको तुलनमा माइनस शून्य दशमलब सात प्रतिशत कम) हुँदै र बीचमा नेपाल आउने विदेशी पर्यटकको संख्यामा बढोत्तरी हुँदै ८ लाख, नौ लाख ११० लाख हुँदै सन् २०१९ मा आई पुग्दा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख ९७ हजार १९१ जना (१२ लाख नजिक) पुगेको थियो । यस्तैमा नेपाल सरकारले सन् २०२० मा नेपालमा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ वर्षको रुपमा मनाउने घोषणाका साथै त्यहीअनुसार तयारी गरेको थियो । तर, सोही समयमा छिमेकी देश चीनको हुपेई प्रान्तको राजधानी वुहानबाट पैmलन सुरु भएको कोरोनाले महामारीको रुप लिएपछि नेपाल सरकारले २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’ स्थगित गर्यो । फलतः सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै भ्रमण गरे । सो वर्ष नेपालमा मात्रै नभएर विश्वका प्रायः सबै देशमा पर्यटकको संख्या घटेर माइनस ७३/७४ प्रतिशतदेखि ८४/८५ प्रतिशत पुगेको थियो भने विश्वमा औसत ७३ प्रतिशतले पर्यटक आगमनमा कमी आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार