शुभकामना आदनप्रदान कार्यक्रममा महिला स्वयं सेविकालाई सामाग्री वितरण

  युद्धबहादुर बोहोरा
273 Shares

 

 

पाँचथरः फाक्तेप आयुर्वेदिक औषधालयले शुभकामना आदनप्रदान कार्यक्रममा महिला स्वयंसेविकालाई सामाग्री वितरण गरेको छ ।

२०७८ सालमा आउँदै गरेका विभिन्न चार्डपर्वहरुको अवसरमा औषधालयले आयोजना गरेको उक्त कार्यक्रममा नौ जना आयुर्वेद स्वयं सेविकालाई साडी,चोली र ब्याग प्रदान गरेको हो ।

वडा नम्बर ५ का अध्यक्ष तथा औषधालय सहयोग समितिका संयोजक अविन्द्र प्रसाद चेम्जोङको अध्यक्षतामा प्रमुख अतिथि पालिका उपाध्यक्ष देवित्रा कुमारी आङ्देम्बे र विषेश अतिथि प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकको आतित्थतामा कार्यक्रम सम्पन्न भएको कार्यालयका इन्चार्ज राजकुमार श्रेष्ठले जानकारी दिए । स्यंसेविकालाई आयुर्वेद योग तथा जडीबुट्टी सम्बन्धि तालिमदेखि अन्य सबै किसिमका प्रशिक्षणमा सहभागी गराएको र कोरोना महामारीको समयमा समेत गाँउघरमा सचेतना फैलाउन सकृय रहेकोले सम्मान गर्दै उनीहरुलाई पोसाकको साथमा ब्याग उपलब्ध गराइएको उनले बताए ।

शुभकामना आदनप्रदानका क्रममा प्रमुख अतिथि आङ्देम्बे र विषेश अतिथि तुम्रोकले स्यंसेविकाको कामलाई प्रशंसा गर्दै अझै सकृय भएर आफ्नो भूमिका निर्वाह गर्न आग्रह सहित उनीहरुलाई पालिकाले उपलब्ध गराउने सेवासुविधलाई थप व्यवस्थित गर्दै जाने बताए ।

बाथ,प्यारालाइसिस,हड्डी खिइएको,नसा च्यापिएको,मधुमेह,दम,तनाव,डीप्रेसन,उच्च रक्तचाप लगायतका रोगको आयुर्वेदिक औषधिको माध्यमबाट उपचार गर्ने गरि एक अभ्याङ्गकर्ता सहित औषधालयमा सेवा शुरु गरिएको यस संस्थाले स्थानीयहरू सेवाग्राहीलाई भरपर्दो आयुर्वेद उपचार गर्दै आएको औषधालयले दावी गरेको छ ।

औषधालय सहयोग समितिका सदस्य मणिचन्द्र चेम्जोङ,घुर्बिसे माध्यमिक विधालयका प्रतिनिधि अमृत मुखिया, फाक्तेप स्वास्थ्य चौकीबाट बालकृण दाहाल,समाजसेवी घनेन्द्र चेम्जोङ लगायतले शुभकामना राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार