आइएमई लाईफ इन्स्योरेन्स इलामद्वारा म्यानेजर तथा अभिकर्ता सम्मान (फाेटाे फिचर)

  स्पर्श अतित
1.3k Shares

इलाम : आइएमई लाईफ इन्स्योरेन्स इलामले आफ्ना बरिष्ठ एजेन्सी तथा एजन्सी मेनेजर र अभिकर्तालाई सम्मान गरेकाे छ । शुक्रबार इलाममा एक कार्यक्रम आयाेजना गरि सम्मान प्रदान गरेकाे हाे ।

अभिकर्ता सम्मान तथा भावि याेजना निर्माण (स्किम शेयरिङ) कार्यक्रमकाे अवसरमा टिम व्यवसायमा ६, व्यक्तिगत कोड व्यवसायमा ६  र अन्य ७५ जनालाई सम्मान गरिएकाे आइएमई लाईफ इन्स्योरेन्स इलाम शाखा प्रमुख मंगेश खत्रीले बताए ।

शाखा प्रमुख खत्रीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि आइएमई लाईफ इन्स्योरेन्सका प्रदेश १ प्रमुख मिलन दाहाल र विशेष अतिथि प्रदेश १ कै उपप्रमुख ओमप्रकाश राईले सम्मानित हुनेहरुलाई सम्मानपत्र तथा खादा लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि दाहालले आइएमई लाईफ इन्स्योरेन्सकाे सन्दर्भमा सहभागीलाई प्रशिक्षण समेत प्रदान गरेका छन् । उनले आइएमई लाईफ इन्स्योरेन्स कम्पनी अन्य कम्पनीहरुकाे तुलनामा विशिष्ठ स्थानमा रहेकाे र चाँडै नै एक नम्बर कम्पनी बनाउन सकिने समेत दावी गरे । वि.सं. २०६५ आश्विन १५ गते स्थापना भएकाे कम्पनीले पूराना कम्पनीहरुलाई पछि पारेकाे स्पष्ट पारे ।

उपप्रमुख राईले लामाे समयसम्मकाेआफ्नाे अनुभवलाई प्रशिक्षणकाे रुपमा सहभागीहरुमाझ प्रस्तुत गरे । सम्मानित मध्येका बरिष्ठ एजेन्सी म्यानेजर कृष्णकुमार खालिङले छाेटाे समयमा नै आइएमई लाईफ इन्स्योरेन्सले फड्काे मारेकाे वताए । काेभिडका कारण आफू यस कम्पनीमा विगत डेढ वर्ष अघिदेखि सक्रिय भएकाे जानकारी गराउँदै खालिङले अभियानमा साथ दिने अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गरे ।

त्यस्तै सम्मानित मध्येकै एजेन्सी म्यानेजर अनिल मैनाली पनि आफ्नाे अनुभव प्रस्तुत गरेका थिए । सम्मानितहरुले चालु आबमा एक कराेडका दरले ६ कराेडकाे व्यवसाय गर्ने  प्रतिवद्धता जाहेर गरेका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य कम्पनीका फिक्कल शाखा प्रमुख गायत्री देवी राईले राखेका राखेका थिए भने कार्यक्रमकाे सञ्चालन अपरेसन इन्चार्ज कल्पना भट्टराईले गरेका थिए ।

 

आइएमई लाइफको को बारेमा

वि.सं. २०६५ आश्विन १५ गते दर्ता भइ २०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा ल्याएको आइएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।

आइएमई लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १.४ अर्ब रहेको छ भने आइपिओमा गएपछि सो पूँजी २ अर्ब पुर्याइने लक्ष्य रहेको छ । कम्पनीको पूर्नबिमा साझेदारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड रहेको छ ।

आइएमई ग्रुपद्वारा प्रवद्र्धन गरिएको यस कम्पनीको प्रभावक्षेत्र अद्धितीय रहेको छ  जसमा नेपालभरी रहेका आइएमई ग्रुपका कार्यालयहरुका साथै ६००० भन्दा बढी संख्यामा रहेका आइएमई सेन्टरहरु लगायत स्थानीय रेमिटेन्स एजेन्टहरुसँग भएको व्यापक पहुँच समेत पर्दछ ।

आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना रणनीति साझेदारका रुपमा रहेका एजेन्सीहरु, कर्पोरेट एजेन्सी, बैंकअस्योरेन्स तथा आफ्ना प्रत्यक्ष माध्यमहरु मार्फत् ग्राहकहरुको मन जिती एउटा मजबुत ग्राहक आधार स्थापना गर्न प्रयासरत छ ।

आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना सर्वत्र रहेका रणनीतिक साझेदारहरुको माध्यमबाट नेपालभरी आफ्ना शाखाहरुको बलियो र विश्वसनीय नेटवर्क निर्माण तथा विस्तार गर्ने लक्ष्य लिएको छ । हामी आफ्ना ग्राहकवर्गलाई उत्कृष्ट सेवा प्रदान गर्नका लागि नियमित तालिमका माध्यमबाट यी साझेदारहरुको सीप र दक्षतालाई  स्तरोन्नति गर्न सदैव कटिवद्ध छौं । यसले बजार हिस्सा हासिल गर्न र विश्वसनीय नैतिक व्यावसायिक सञ्जालको विस्तारमा मद्दत पुर्याउने हाम्रो विश्वास रहेको छ ।

यस कम्पनी अन्तर्राष्ट्रिय गुणस्तरको सेवा प्रदान गर्नमा केन्द्रित रहेको छ । हामीले ग्राहकलाई प्रदान गर्ने सेवालाई समुन्नत बनाउन सूचना प्रविधिको प्रयोग गर्ने गरेका छौं । सुरक्षित र शीघ्र ग्राहक सेवा प्रदान गर्नका लागि हामी प्रतिबद्ध छौं ।

जीवन बीमाको बजार आशाजनक रहेको छ भने नयाँ लाइफ इन्स्योरेन्स कम्पनीहरुको आगमनले यस बजारलाई अझ बढी प्रतिस्पर्धात्मक बनाएको छ । तर आइएमई यिनीहरुभन्दा अद्धितीय रहेको छ । हाम्रो कार्यविधिमा भएको कुशलता, कर्पोरेट सुशासन तथा गाह्रकको भविष्य सुनिश्चित गर्नु र बीमा पहुँच बढाउने उद्देश्यमा केन्द्रित रहनुलेनै हामीलाई अरुभन्दा विशिष्ट बनाएको छ ।

कम्पनी प्रोफाइलवि.सं. २०६५ आश्विन १५ गते दर्ता भइ २०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा ल्याएको आइएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।

आइएमई लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १.४ अर्ब रहेको छ भने आइपिओमा गएपछि सो पूँजी २ अर्ब पुर्याइने लक्ष्य रहेको छ । कम्पनीको पूर्नबिमा साझेदारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड रहेको छ ।

आइएमई ग्रुपद्वारा प्रवद्र्धन गरिएको यस कम्पनीको प्रभावक्षेत्र अद्धितीय रहेको छ  जसमा नेपालभरी रहेका आइएमई ग्रुपका कार्यालयहरुका साथै ६००० भन्दा बढी संख्यामा रहेका आइएमई सेन्टरहरु लगायत स्थानीय रेमिटेन्स एजेन्टहरुसँग भएको व्यापक पहुँच समेत पर्दछ ।

आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना रणनीति साझेदारका रुपमा रहेका एजेन्सीहरु, कर्पोरेट एजेन्सी, बैंकअस्योरेन्स तथा आफ्ना प्रत्यक्ष माध्यमहरु मार्फत् ग्राहकहरुको मन जिती एउटा मजबुत ग्राहक आधार स्थापना गर्न प्रयासरत छ ।

आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना सर्वत्र रहेका रणनीतिक साझेदारहरुको माध्यमबाट नेपालभरी आफ्ना शाखाहरुको बलियो र विश्वसनीय नेटवर्क निर्माण तथा विस्तार गर्ने लक्ष्य लिएको छ । हामी आफ्ना ग्राहकवर्गलाई उत्कृष्ट सेवा प्रदान गर्नका लागि नियमित तालिमका माध्यमबाट यी साझेदारहरुको सीप र दक्षतालाई  स्तरोन्नति गर्न सदैव कटिवद्ध छौं ।

यसले बजार हिस्सा हासिल गर्न र विश्वसनीय नैतिक व्यावसायिक सञ्जालको विस्तारमा मद्दत पुर्याउने हाम्रो विश्वास रहेको छ । यस कम्पनी अन्तर्राष्ट्रिय गुणस्तरको सेवा प्रदान गर्नमा केन्द्रित रहेको छ । हामीले ग्राहकलाई प्रदान गर्ने सेवालाई समुन्नत बनाउन सूचना प्रविधिको प्रयोग गर्ने गरेका छौं ।

सुरक्षित र शीघ्र ग्राहक सेवा प्रदान गर्नका लागि हामी प्रतिबद्ध छौं । जीवन बीमाको बजार आशाजनक रहेको छ भने नयाँ लाइफ इन्स्योरेन्स कम्पनीहरुको आगमनले यस बजारलाई अझ बढी प्रतिस्पर्धात्मक बनाएको छ ।

तर आइएमई यिनीहरुभन्दा अद्धितीय रहेको छ । हाम्रो कार्यविधिमा भएको कुशलता, कर्पोरेट सुशासन तथा गाह्रकको भविष्य सुनिश्चित गर्नु र बीमा पहुँच बढाउने उद्देश्यमा केन्द्रित रहनुलेनै हामीलाई अरुभन्दा विशिष्ट बनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार