इजरायल भाषा परीक्षा : ११ शैक्षिक संस्थामा

  नयाँ बुलन्द
77 Shares

काठमाडौं : इजरायलको रोजगारीका लागि सञ्चालन गरिने अंग्रेजी भाषा परीक्षाका काठमाडौंका ११ वटा शैक्षिक संस्थामा सञ्चालन हुने भएको छ । २८ भदौमा सञ्चालन हुने परीक्षाका लागि ११ वटा शैक्षिक संस्थामा १६ वटा केन्द्र तोकिएको वैदेशिक रोजगार विभागले जनाएको हो ।

परीक्षा सञ्चालन हुने सबै केन्द्रहरू काठमाडौंमा मात्रै तोकिएको विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताएका छन् । उनका अनुसार बत्तिसपुतलीमा रहेको गोल्डेन गेट कलेजमा तीनवटा केन्द्र तोकिएको छ । त्यस्तै कलंकीमा रहेको एलआरआई विद्यालय, गोठाटारको गान्धी आदर्श र बानेश्वरको नोबेल एकेडेमीमा दुई–दुई वटा परीक्षा केन्द्र तोकिएको छ ।

त्यस्तै त्रिपुरेश्वरमा रहेको विश्व निकेतन उच्च मावि, रानीपोखरीमा रहेको दरबार विद्यालय (साधारण), मदन भण्डारी मेमोरियल कलेज नयाँ बानेश्वरमा एक–एक परीक्षा केन्द्र तोकिएको निर्देशक सुनुवारले बताएका छन् । सुनुवारका अनुसार बानेश्वरको एम्बिसन कलेज, कोटेश्वरको सरस्वती मावि, जडिबुटिको कोटेश्वर बहुमुखी क्याम्पस र बसुन्धाराको साउथ वेस्टर्न स्टेट कलेजमा एक–एक वटा परीक्षा केन्द्र तोकिएको छ । पहिलोपटक हुन लागेको परीक्षामा ७ हजार ३ सय जनाको सहभागिता हुने विभागले जनाएको छ । ९ हजार ६ सय ९९ जनाको आवेदन परेकोमा २ हजार ६ सय ९६ जनाको आवेदन अस्वीकृत भएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार