के तपाईले आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नुभयो ? यस्तो छ अनलाइनबाटै दर्ता गर्ने सजिलो तरिका

  नयाँ बुलन्द
84 Shares

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आईएमईआई नम्बर अनिवार्य दर्ता गर्नुपर्ने र दर्ता नभए चलाउन नपाइने घोषणा गरेसँगै आईएमईआई दर्ता गर्नेको संख्या वृद्धि हुँदै गएको छ ।

प्राधिकरणले साउन १ गतेदेखि मोबाइल म्यानेजमेन्ट डिभाइस सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइसकेको छ । यो सिस्टम लागु भएसँगै नेपाल भित्रिने सबै मोबाइलको आईएमईआई नम्बर दर्ता हुनु पर्नेछ । यदी दर्ता नभए त्यस्ता मोबाइल चल्दैनन् ।

प्राधिकरणले अवैध मोबाइल रोक्न गत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा ल्याएको थियो । अहिले यो सिस्टम पूर्ण रूपमा लागु भएको छैन् ।

व्यवसायिकरुपमा बिक्री हुने मोबाइल भन्सारमै दर्ता भएर आउने भए पनि व्यक्तिगत रुपमा आउने र  विदेशबाट उपहार आउने मोबाइलको आईएमईआई नम्बर दर्ता हुन सकेका थिएनन् ।

प्राधिकरणले अनलाइनबाटै मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न सकिने व्यवस्था गरेको छ । यदी आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता भएको छैन् भने प्राधिकरणको वेबसाइटमा गएर दर्ता गर्न सकिने छ ।

मोबाइलको आईएमईआई नम्बर दर्ता भएको वा नभएको कसरी थाहा पाउने ? 

आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता भएको छ वा छैन् भनेर थाहा पाउन यहाँ क्लिक गर्नुहोस् । त्यसपछि यदी तपाईलाई आईएमईआई नम्बर थाहा छ भने मोबाइलको आईएमईआई नम्बर राखेर सबमिटमा क्लिक गरेर दर्ता भएको वा नभएको थाहा पाउन सकिने छ ।

यदी तपाईलाई आईएमईआई नम्बर थाहा छैन् भने *#०६# डायल गरेर आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउन सकिने छ । यदी तपाईको मोबाइलले २ वटा सिम सपोर्ट गर्छ भने २ वटा आईएमईआई नम्बर देखाउँछ र एउटा सपोर्ट गर्छ भने एउटा देखाउँछ ।

अनलाइनबाटै यसरी गर्नुस् आईएमईआई नम्बर दर्ता

शुरूमा आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ आवेदकको प्रकारमा नेपाली छनोट गर्नुहोस् भने टाइपमा आईएमईआई छनोट गर्नुहोस् ।

यति गरेपछि आफ्नो मोबाइलको ब्राण्ड नाम, मोडेल नाम, आईएमईआई नम्बर, आवेदकको नाम, ठेगाना, सम्पर्क नम्बर, नागरिकता वा पासपोर्ट वा अन्य परिचयपत्र र इमेल लगायतका विवरण राखेर सबमिट गर्नुहोस् ।

यदी तपाईको मोबाइलको २ वटा आईएमईआई नम्बर छन् भने २ वटै दर्ता गर्नुपर्ने हुन्छ । आईएमई नम्बर राख्ने ठाउँमा सेमिक्लोन (;) अप्सन राखेर अर्को आईएमईआई नम्बर राख्नु पर्नेछ ।

तपाईले सबमिट गरेपछि तपाईको इमेलमा एप्लिकेसन सबमिट भएको जानकारी प्राप्त हुनेछ र भेरिफेसन प्रोसेस पुरा भएपछि इमेलमा पुनः जानकारी आउने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार