रङ्गगीचङ्गी फूलले मनै आनन्द !

  विविसी हाङखिम
280 Shares

सन्दकपुर :  आफ्नो घर होस या अरुको, कसैको घरमा  ढकमक्क फूलहरु फुलेको देख्दा खुशीले दङ्ग नहुने सायद कमै होलान् ।

इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर-२ माइमझुवाका स्थानीय घनश्याम गुरुङले आफ्नो घरमा ढकमक्क र मनमोहक लाग्ने विभिन्न रङ्का बेगुनी फूलहरु फूलाएका छन् ।

बेगुनी फूल रोप्नका लागि बैशाख महिनामा रोपेर साउन र भदौ महिनामा ढकमक्क फूल्ने फूललाइ अर्ग्यानिक मल लगाउनुपर्ने र बेलाबेलामा पानी हालीराख्नुपर्ने र कहिलेकाही गोड्मेल गर्नुपर्ने गुरुङले बताउँछन् ।

उनले भारतको दार्जीलिङ र रिम्बिकबाट ७ रङको बेगुनी ल्याएर रोपेको बताए । लेकाली क्षेत्रमा प्रायः राम्ररी फस्टाउने उक्त फूललाइ इलामका घरहरुको पेटि र बरन्डामा राखेर रोप्ने गर्दछन् । जस्का कारण घरको सुन्दरतामा अझै सुन्दरता थप्न सहयोग गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार