जाडो मौसममा यौन चाहना

जाडो मौसममा यौन चाहना

काठमाडौं । हरेक दम्पतिको बैवाहिक सम्वन्ध सफल बनाउन यौन जीवनको पनि ठुलो भूमिका रहेको हुन्छ । यसर्थ गर्मीमा त यौन क्रियाकलामका लागि वातावरणीय अवस्था प्रतिकुल नहोला तर जाडो मौसममा भने हरेक दम्पति यौन क्रियाकलापका लागि समस्या झेलिरहेका हुनु स्वाभाविक हो ।

जाडो मौसममा अधिकांश दम्पति यौन चिकित्सकलाई यस्तै प्रकारमा प्रश्न सोध्ने गर्छन् । यौन जीवनलाई कसरी सुन्दर बनाउन सकिन्छ भन्ने धेरैको जिज्ञासा हुने गर्दछ ।  त्यसैगरी कसरी लामो समयसम्म यौन सम्पर्क कायम राख्न सकिन्छ ? जाडोमा यौन सम्पर्क लागि कसरी नियमित राख्ने ? आदि इत्यादी ।

मौसम परिवर्तनसँगै मानिसको मानसिकता पनि बदलिन्छ । बैवाहिक जीवनमा पनि मौसमले बदलाब ल्याउने अध्ययनले देखाएका छन् । जाडो याममा मानिसको सेक्स चाहना गर्मीको भन्दा बढि रहने हुनाले रोमाञ्चक बनाउनु नव दम्पति लागि अझ आवश्यक नै हुन जान्छ ।  कतिलाई लाग्न सक्छ मदिरा सेवन गरेपछिको यौन क्रियाकलाप अझ रोमान्टिक हुनसक्छ । जाडोमा मदिरा सेवन गर्दा ज्यान तातिने र यौनसम्पर्कमा पनि मज्जा आउने मान्यता हुनसक्छ । तर यो बानी छ भने तुरुन्त हटाउनोस् । बरु प्यार, यौनजनित वार्तालाभ गरेर इमोसनमा आउँदा प्यार पनि बढ्ने र मज्जा पनि हुने विश्वास गरिएको छ । कामक्रिडा गर्ने बेलामा आफ्नो अनि पार्टनरको कपडाको विषयमा ख्याल राख्नोस् । नांगै वा कम कपडा लगाएर सम्पर्क गर्दा नरमाइलो हुन सक्छ । यसर्थ यति बेला कोठाको तापक्रमलाई पनि मिलाएर राख्ने गर्नुपर्छ । यौनक्रियाकलापको दौरानमा चिसो कम हुँदै गयो भने कपडा खोल्न सक्नु हुन्छ ।

जाडोमा हिटर बालेर हैन यौन साथीसँग यौन जन्य कुरा गर्नुस् वा हरेक उपाय र तौर तरिकाबाट पार्टनरलाई आनन्द दिनुहोस् । त्यसैगरी साँझ तातो पानीले नुहाउनाले पनि यौन इच्छामा बृद्धि हुने हुन्छ । जसले गर्दा तपाईँको थकान कम हुन जान्छ र सेक्सका लागि तयार हुन सक्नु हुनेछ भने यौन साथी सँगै नुहाउनाले दुबैमा यौन इच्छा बढेर जान्छ ।

यौनमा बढी आनन्द लिन खानपिनलाई पनि ध्यान दिनु उत्तिकै आवश्यक हुन्छ । त्यसैगरी बेलुकीको खाना खाने बितिक्कै यौन सम्पर्क तिर हत्तारिनु हुँदैन । त्यसैगरी पार्टनरको इच्छा चाहनालाई ख्याल गरी गरिने सेक्स अझ रोमान्टिक हुन्छ । –विभिन्न पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार