बुर्किना फासोमा विद्रोहीको आक्रमणबाट कम्तिमा १३० सर्वसाधारणको मृत्यु

  नयाँ बुलन्द
35 Shares


बुर्किना फासोमा विद्रोहीको आक्रमणबाट कम्तिमा १३० सर्वसाधारणको मृत्यु

एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोमा सशस्त्र विद्रोहीको आक्रमणमा कम्तिमा १३० जनाको मृत्यु भएको छ ।

बुर्किना फासोको उत्तरी क्षेत्रमा स्थानीय विद्रोही समूहको आक्रमणमा परेर ती सर्वसाधारणको मृत्यु भएको बीबीसीले जनाएको छ ।

स्थानीय सोल्हानमा रातको समयमा विद्रोहीले सर्वसाधारणका घरमा आगजनी गर्नुका साथै जथाभावी आक्रमण गरेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।

घटनाको बारेमा कसैले जिम्मेवारी नलिएपनि सीमा क्षेत्रमा सशस्त्र गतिविधि गरिरहेका इस्लामिक आक्रमणकारीहरुको संलग्नता रहेको सरकारी अधिकारीहरुले आशंका गरेका छन् ।

उक्त आक्रमणको संयुक्त राष्ट्रसंघले चर्को आलोचना गरेको छ ।

आतंकवादको विरुद्धमा एकजुट भएर अघि बढ्न सदस्य राष्ट्रहरुलाई राष्ट्रसंघले आग्रहसमेत गरेको छ ।

सो घटनालगत्तै राष्ट्रपति रोब काबोरेले बुर्किनामा तीन दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।

उहाँले आतंकवादीविरुद्धको कारवाही सरकारी सेनाले सुरु गरिसकेकाले अपराधीहरु चाँडै नै नियन्त्रणमा आउने दावीसमेत गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यस्तै पश्चिमी अफ्रिकामा जिहादी विरुद्धको कारवाहीमा सोल्हान क्षेत्रमा १४ जनाको मृत्यु भएको बताइएको छ ।

महिना बुर्किना फासोको पूर्वी क्षेत्रमा भएको आक्रमणमा पनि ३० जनाको मृत्यु भएको थियो ।

विद्रोहीहरुले आफ्ना गतिविधि तीव्र पारेसँगै मुलुकभर गम्भीर सुरक्षा संकट आएको अधिकारीहरुले जनाएका छन् ।

विद्रोहीका गतिविधि बढेसँग पछिल्लो दुई वर्षमा सो मुलुकबाट दश लाख भन्दा बढी सर्वसाधारण बिस्थापित भइसकेको अधिकारीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार