सगरमाथाको नाम, उचाई र ख्याती

  निनाम कुलुङ 'मंगले'  288 पटक हेरिएको

सामान्यतया नेपाली भाषामा सगरमाथा भनिने हिमाल विश्वकै अग्लो हिमाल भएकोले यसको ख्याति पर्वतारोहीहरुका लागि मात्रै नभएर विश्वभरिकै सार्वसाधारण नागरिकहरुमाझ पनि उत्तिकै रहेको छ । त्यसैले त वर्षेनी सयौं विदेशी पर्वतारोहीहरु लाखौं अमेरिकी डलर खर्च गरेर र आप्mनो अमूल्य जीवनको पर्वाह नगरी जीवनमा एकपटक जसरी भए पनि सगरमाथा अर्थात् चोमोलुङमा चढेर नाम राख्न चाहना राख्छन् ।
नेपालको भूगोल, योजना, विकास, पर्यटन, पर्वत, पर्वतारोहण, राजनीति, जातजाति, भाषाभाषी, धर्म, चित्रकला, लेखन, खेलकुद लगायत विविध विषयमा दक्खल राख्ने स्वर्गीय डाक्टर हर्क गुरुङले (‘विषय विविध’ पाना–८०/८१/८२/८३ मा लेखेअनुसार) ‘सन् १९५५ मा यसको उचाइ ८,८४० मिटर हो भनेर ठेगान लागेपछि, (सायद यसलाई भनेर लेखकले सगरमाथालाई भन्न खोजेका होलान्) विश्वको सर्वोच्च शिखर घोषित गरियो र उपयुक्त नाउँको खोजी पनि भयो । …’ भनी लेखेका छन् ।

हाल बढी जसो मान्छेहरुले सगरमाथा र माउन्ट एभरेस्ट भनेर चिन्ने गरेको विश्वको सर्वोच्च शिखरको नाम भने पर्वतारोही तथा खोजकर्ताहरु अनेक अनुमान लगाए, कति पर्वतारोही र खोजकर्ताहरुले त आपैmले अनेक नामहरु राखे ।

जस्तै, ‘चरी लमेनी’, ‘गौरीशंकर’, ‘देवढुंंगा’, ‘भैरवनाथ’, ‘थर्डपोल’, ‘मितीगुती’, ‘चापोलुङमा’, ‘फेङ’, ‘चोमोलुङमा’, ‘कोमोलुङमा’, ‘झोमोलुङमा’, ‘द गडेस मदर अफ अर्थ’, ‘पृथ्वीकी देवी’, ‘द गडेस मदर अफ स्काइ’, ‘द बास्टर्ड !, ‘सगरमाथा’, ‘माउन्ट एभरेस्ट’ लगायत डेढ दर्जनभन्दा बढी नामहरुले पुकारिएको देखिन्छ, –सगरमाथालाई । तर, ईमान जमानका साथ भन्ने हो भने सगरमाथालाई आदि अनादिकालदेखि त्यही हिमालको वरिपरि बस्दै आएका जस्तै दक्षिणतिर कुुलुङ लगायत किराती जातिहरु र शेर्पालगायत अन्य आदिवासी जनजातिहरुले र उत्तरतिर तिब्बतीहरुले सगरमाथालाई ‘चोमोलुङमा’ भन्थे/भन्ने गर्थे । अभैm पनि कुुलुङ लगायत किराती जातिहरु र शेर्पालगायत अन्य आदिवासी जनजातिहरुले र उत्तरतिरका तिब्बतीहरुले सगरमाथालाई ‘चोमोलुङमा’ नै भन्छन्, सगरमाथा होइन । जे होस्, नामको कुरोलाई यही छाडौं ।

अब लागौं सगरमाथाको उचाइका सम्बन्धमा । सुरु–सुरुमा सगरमाथाको उचाइका सम्बन्धमा पनि पर्वतारोही तथा खोजकर्ताहरुले अनेकौं उचाइहरु अनुमान लगाएका थिए, दावी गरेका थिए । कसैले ८,८४० मिटर भनी दावी गरे । कसैले ८,८४२ मिटर भनी दावी गरे । कसैले ८,८४४ मिटर भनी दावी गरे । कसैले ८,८५० मिटर भनी दावी गरे । कसैले ८,८७२ मिटर (सगरमाथाको यो उचाइ वेस्टर्न–म्यान नामक नक्सामा थियो/छ) दावी गरे । तापनि सन् १९५५ मा पत्ता लागेको ८,८४८ मिटर उचाइलाई सगरमाथाको आधिकारिक उचाइ मान्न थालियो । जुन उचाइ सर्भे अफ इन्डियाले पत्ता लगाएको थियो ।

तर, सगरमाथाको हकदार नेपाल र चीनमध्ये (किनभने, सगरमाथा दुवै देशको सीमामा रहेको छ) चीन सरकारले सन् २००५ मा सगरमाथाको उचाइ पुनः नापेको थियो । सो नापजाँचअनुसार सगरमाथाको साविक उचाइ ८,८४८ बाट घटेर ८,८४४ मिटर कायम भएको र सोही उचाइलाई आधिकारिक मान्न चीन सरकारले नेपाल सरकारलाई सूचना/सुझाव पनि ऊ बेलै दिएको हो । तर, हालसम्म नेपालले सन् १९५५ मा कायम भएको ८,८४८ मिटरलाई नै सगरमाथाको आधिकारिक उचाइ मान्दै आएको छ भने, चीन सरकार भने आप्mनो देशतर्पmबाट आरोहण गर्ने सगरमाथा आरोहीहरुलाई दिने प्रमाणपत्रमा सगरमाथाको उचाइ ८,८४४ मिटर भनी लेखेर दिने गरेको छ । हुन त त्यसअघि सन् १९९८ मा अमेरिकाको नेसनल जियोग्राफिक सोसाइटी/च्यानलल ! ले सगरमाथाको उचाइ नापेको थियो । नेसनल जियोग्राफीक सोसाइटीले भने सगरमाथाको उचाइ बढेर ८,८५० मिटर भएको बताउँदै सोही उचाइलाई आधिकारिक मान्न नेपाल सरकारलाई सुझाव/दवाव दिएको थियो । तर, नेपाल सरकारले चीन अमेरिका दुवैको सुझावलाई कार्यन्ययन गरेन । बरु धेरै ढीला गरी गत वर्ष आप्mनै देशका (नापी विभागका) कर्मचारीहरुलाई सगरमाथाको वास्तविक उचाइ पत्ता लगाउनका लागि एक टोली सगरमाथा र यसको आसपासमा खटाएको थियो भने, सो टोलीले गरेको सगरमाथाको उचाइ लगायतका विषयमा भएको अध्ययन–अनुसन्धान र सूचनाहरुको एक मुस्ट अध्ययन गरेर ६ महिनापछि सार्वजनिक गर्ने बताएको छ ।

यसरी हेर्दा एकबारको जुनीमा फेरिफेरि नपाइने अमूल्य मानव जीवनको पर्वाह नगरी जीवनमा एकपटक भए पनि विश्वको सर्वोच्च हिमशिखर सगरमाथा अर्थात् चोमोलुङमा चढेर नाम राख्नका लागि विश्वको जुनसुकै देशका पर्वतारोहीहरु लाखौं अमेरिकी डलर खर्च गरेर नेपाल आउनू कुनै अनौठो भएन । वास्तवमा भन्ने हो भने, कुनै पनि देशका पर्वतारोहीहरुका लागि विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा आरोहण गरेर आप्mनो देशमा (हाम्रो देश नेपालमा जस्तो होइन !) मान, सम्मान र ईज्जत कमाउने र, आप्mनो देशको विशिष्ट र सम्मानित नागरिक भएर बाँच्ने धोको राख्नू अनौठो होइन ! जुन धोको पूरा गर्न सक्नु कुनै पनि देशका पर्वतारोहीहरुका लागि अहोभाग्य नै हो ।

हुन पनि हाम्रो देश नेपालको सन्दर्भमा कुरो गर्ने हो भने, पहिलो पटक सगरमाथा आरोहण गर्ने पनि नेपाली, एकै व्यक्तिले दुईचोटि सगरमाथा आरोहण गर्ने पनि नेपाली, कम उमेरमा सगरमाथा आरोहण गर्ने पनि नेपाली, सबैभन्दा बढी (बुढेसकाल !) उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम राख्नका लागि प्रयास गर्ने पनि नेपाली (स्वर्गीय शैलेन्द्र कुमार उपाध्याय र स्वर्गीय मीनबहादुर शेरचन), एकै व्यक्तिले ५ पटक सगरमाथा आरोहण गर्ने पनि नेपाली, एकै व्यक्तिले १० पटक सगरमाथा आरोहण गर्ने पनि नेपाली, ११ औं पटक, १२ औं पटक, १३ औं पटक, १४ औं पटक, १५ औं पटक, १६ औं पटक, १७ औं पटक, १८ औं पटक, १९ औं पटक, २० .. औं …, २१ … आरोहण गर्ने सबै, सबै नेपाली … ।

त्यसमा पनि शेर्पा नै शेर्पाहरु ! अझ गएको वसन्त ऋतु (सन् २०१९) मा कामीरिता शेर्पाले एकै सिजनमा २३ औं २४ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । स्मरणीय छ, केही समयअघि नयाँ पत्रिकासँगको कुराकानीमा कामीरिताले आपूmले कीर्तिमानका लागि भन्दा पनि जीवन निर्वाहका लागि अभैm ५/६ (३० औं) पटक सगरमाथा आरोहण गर्ने बताएका छन् । उनको सफलताको लागि यो पंक्तिकार अग्रिम शुभकामना दिन चाहन्छ । तर, हाम्रो देश नेपालमा कामीरिताको मान, सम्मान र इज्जत के छ ? नेपालबाहेक अरु कुनै देशमा भएको भए कामीरिता के हुन्थे ? तर, नेपाल सरकारले उनलाई वास्ता गरेको छ ? उनले सगरमाथा दिवसमा समेत सरकार र सरकारी कर्मचारीहरुले आपैचारिका/अनौपचारिक निम्तो दिइएन भनी गुनासो गरेका थिए । ल ठीकै छ, नेपाल सरकार त सरकार नै भैहाल्यो ! आम नेपाली नागरिकहरुले पनि कामीरिता शेर्पा हाम्रो देशको गौरव हुन् भनी महुसस गरेका छन् ? कामीरिताले वास्तवमै विश्वमा कमै मान्छेले मात्रै गर्न सक्ने वीरलकोटिको काम गरेका छन् भनी महुसस गरेका छन् ? त्यसो त यहाँ कुरो कामीरिता शेर्पाको मात्रै होइन, ‘हिउँ चितुवा’को उपमा पाएका र पहिलोपटक १० औं पटक सगरमाथा चढेका आङरिता शेर्पाको बुढेसकालको हालत के छ ? न नेपाल सरकारलाई अत्तोपत्तो छ, नेपाली जनताहरुलाई नै अझ पहिलोपटक ५ पटक सगरमाथा आरोहण गर्ने सुन्दरे शर्पा त आधार उमेर नबित्दै आत्महत्या गर्नु परेको थियो । त्यस्तै ‘स्पिड काजी’ भनी उप नाम पाएका र सबैभन्दा पहिले सबैभन्दा छिटो १८ घण्टामा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका काजी शेर्पा अहिले कहाँ छन् ? कुन हालतमा छन् ? अनि पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाले जीवनको उत्तार्धमा किन भारत पलायन हुनु पर्यो ? बोक्रे र खोक्रो राष्ट्रवादले लैस हाम्रो देशका कथित् राष्ट्रवादी मान्छेहरुसँग सायद माथिको घटना–परिघटनाहरु उत्तर छैन ।

यसरी जबदेखि विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा अर्थात् चोमोलुङमा हो भन्ने पक्का भयो, तबदेखि नै चोमोलुङमा चढेर अनेकौं कीर्तिमानहरु कायम गर्ने होडबाजी पनि सुरु भयो । यस क्रममा सबैभन्दा पाको उमेर, सबैभन्दा कम उमेर, क्यान्सर रोगी, एडस् रोगी, दुवै हात नभएको, दुवै खुट्टा नभएको, अपाङ्ग, दुवै आँखा नदेख्ने (अन्धो), महिला, विवाहित विदेशी जोडी, विवाहित नेपाली जोडी, सगरमाथाबाट बेलुनिङ गरेर बेसक्याम्प झर्ने, स्कीइङ गरेर बेसक्याम्प झर्ने, पहिलो नेपाली पत्रकार, पहिलो विदेशी पत्रकार, पहिलो एक्लै (सोलो) सगरमाथा आरोहण गर्ने आरोही, २० घण्टा सगरमाथाको शिरमा बसेर समय बिताउने, बिना अक्सिजन सगरमाथा आरोहण गर्ने, पहिलो भेजेटेरियन, पहिलो किताब विमोचन गर्ने, पहिलो गीति एल्बम विमोचन गर्ने लगायत लगायत अनेकौं कीर्तिमानहरु सगरमाथा अर्थात् चोमोलुङमा चढ्ने क्रममा स्थापित भैसकेको छ ।

गुगल सर्च गरेर हेर्ने हो भने यसरी सगरमाथा आरोहण गरेर कीर्तिमान राख्न चाहने विभिन्न देशका लगभग ७ हजार सगरमाथा आरोहीहरुमध्ये ३ सय ७ जनाले (सन् १९२१ देखि सन् २०१९ सम्म) मृत्युवरण गरेका छन् । साथै यो वर्षको आरोहण सिजनमा पनि दुई जना विदेशी र एकजना नेपालीले सगरमा चढेर फर्कने क्रममा अमूल्य जीवन सदाका लागि अर्पण गर्ने क्रममा धेरै जसो पर्वतारोहीहरु क्रिभास (नेपाली भाषामा खर्पस) मा परेर सेराक (हिम ढिस्को) ले किचेर, हिम पहिरोमा परेर, असावधानीवश चिप्लेर, अक्सिजनको कमी भएर, असाध्यै थाकेर आराम गर्दा गर्दै, हर्ट–एट्याक्क भएर मृत्युवरण गर्नेहरु बढी छन् ।

यसरी सगरमाथा आरोहण गर्ने क्रममा मृत्यवरण गर्नेहरुको इतिहास हेर्दा कतिपय विश्वककै नाम चलेका वा भनौं विश्वकै नामी पर्वतारोहीहरु स्कट फिसर, बाबुछिरी शेर्पा, लोप्साङ जाङबु शेर्पा, रब हल, एन्ड्र्रयु ह्यारिस, डग हान्सेन लगायत पर्वतारोहीहरु समेत रहेका छन ।

ninamkirat123@gmail.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार