भारतमा नयाँ संक्रमित भन्दा निको हुने संख्या वृद्धि,पछिल्लो २४ घण्टामा २.६३ लाख नयाँ संक्रमित, ४.२२ लाख निको भए

  नयाँ बुलन्द
119 Shares

एजेन्सी : भारतमा कोरोनाको दोस्रो लहरको गती निरन्तर कम हुन थालेको छ । पछिल्लो २४ घण्टामा यहाँ २ लाख ६३ हजार २१ जनामा कोरोना पुष्टि भएको छ । एक दिनमा ३ लाखभन्दा कम संक्रमित भेटिएको यो दोस्रो दिन हो । आइतबार २.८२ लाख व्यक्तिको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
सोमबार भारतमा कोरोनाको मामिलामा तीनवटा रेकर्ड दर्ता भएको छ । पछिल्लो २४ घण्टामा ४ लाख २२ हजार ३९१ जनाले कोरोना जितेका छन् । यो एक दिनमा कोरोनाबाट निको हुने सबैभन्दा धेरै आँकडा हो । यसअघि ८ मेमा ३.८६ लाख जना निको भएका थिए । यसरी पछिल्लो २४ घण्टामा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा रेकर्ड १.६३ लाखको कमी भएको छ । यसअघि १६ मेमा उपचार गराइरहेका बिरामीको आँकडामा एक लाख ८३६ को गिरावट रेकर्ड गरिएको थियो ।

यद्यपि, मृत्युको आँकडा चिन्ता बढाउने किसिमको छ । सोमबार भारतमा रेकर्ड ४,३३४ संक्रमितको मृत्यु भयो । यो पनि एक दिनमा ज्यान गुमाउनेहरुको सबैभन्दा ठूलो आँकडा हो । यसअघि ७ मे मा ४,२३३ संक्रमितको मृत्यु भएको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार