पहिरोले इभाङ-चतुरे सडक अवरुद्ध, गाउँपालिकासँग सम्बन्ध विच्छेद

  नयाँ बुलन्द
924 Shares

इलामको गजुरमुखीबाट माङसेबुङ गाउँपालिकाको केन्द्र इभाङ हुँदै चतुरे बजार जोड्ने सडकको बिकोरेडाँडा झरेको पहिरो । तस्वीर : राम योङहाङ

माङसेबुङ : वर्षासँगै बुधबार दिउँसो झरेको पहिरोले गजुरमुखी-इभाङ-चतुरे सडक अवरुद्ध बनेको छ ।

माङसेबुङ गाउँपालिकाको गजुरमुखीबाट माङसेबुङ गाउँपालिकाको केन्द्र इभाङ हुँदै चतुरेबजार जाने सडक अवरुद्ध बनेको हो ।

यो सडक खण्डको वडा नम्बर २ को बिकौरेडाँडा र तामाखोलाको भिरमा दुई ठाउँ पहिरो झरेको छ ।

आसपास पहिरो पन्छाउने मेसिन नभएको र मानिसले पन्छाउन सक्ने अवस्था नरहेको स्थानीयको भनाई छ । पहिरोका कारण माङसेबुङ गाउँपालिकाको ४ वटा वडा गाउँपालिकासँग सम्बन्धि विच्छेद भएको छ । वडा नम्बर ३, ४, ५ र ६ वडा गाउँपालिकासँग सम्बन्ध विच्छेद भएको हो ।

वैकल्पिक मार्ग समेत नभएका कारण ती वडाका सेवाग्राहीहरु समस्यामा परेका छन् । माङसेबुङ २ र ३ को सीमानामा पर्ने तामाखोलासम्म सवारी साधन आएपनि त्यहाँबाट पैदल हिँड्नुपर्ने अवस्था आएको छ ।

सो सडक कालोपत्रे हुँदै गरेको सडक हो । कालोपत्रे ठेकेदार कम्पनी कालिका जेभीले काममा ढिलासुस्ती गरेको छ । सडकमा पहिरो झरेपनि पन्छाउन तदारुपता नदेखाएको स्थानीयको भनाइ छ ।

एक सातादेखिको लगाताको वर्षाका कारण माङसेबुङका अन्य धेरै सडकहरु पहिरोले पुरिएका छन् । कतिपय भत्केका छन् भने कतिपय खाल्डाखुल्डीका कारण अवरुद्ध भएको छ ।

माङसेबुङ गाउँपालिकाका अधिकाशं सडकहरु अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुदाँ स्थानीयलाई सास्ती भएको छ । एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्न तथा अत्यावश्यक खाध्यान्न सामाग्री ढुवानी गर्न समेत समस्या सुरु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार