जौबारीमा भारतीय नागरिकको चहलपहल नरोकीए पछि कोरोनाको थप जोखीम - Nayabulanda.com

जौबारीमा भारतीय नागरिकको चहलपहल नरोकीए पछि कोरोनाको थप जोखीम

  नयाँ बुलन्द
140 Shares

इलाम : भारतीय सीमावर्ती बजार जौबारीमा भारतीय नागरिकको चहलपहल नरोकीए पछि कोरोनाको थप जोखीम बढेको छ ।
टङ्लु, तुम्लिङ भारतबाट बंगाली पर्यटक यातायतका साधन नै लिएर खुलेआम रुपमा जौबारी बजार आउदा कोरोनाको जोखीम बढेको हो । स्थानीयका अनुसार उक्त बजारमा बंगाली पर्यटक आएर घुमेर जाने गरेका छन् ।

उनीहरु भारतीय नम्बर प्लेटका सवारी साधन लिएर जौबारी आउने गरेका छन् । स्थानीयले भारतीयको चहलपहल नरोकीदा कोरोनाको जोखीम बढ्ने चिन्ता ब्यक्त गरेका छन । मुख्य नाकाहरुमा आवागमन बन्द भैसक्दा पनि उक्त नाकामा भने भारतीय पर्यटक कोरोनाको खोप लगाएको कार्ड देखाउदै र पीसीआर टेष्टको रिर्पोट देखाउदै आउने गरेका छन् । दिनमा १० बटा सम् मभारतीय नम्बर प्लेटका सवारीले पर्यटक लिएर आउने गरेको पाईएको छ ।

माईजोगमाई र सन्दकपुर गाउँपालिकाको सीमावर्ती क्षेत्र जौबारी बजारमा प्राय गरी भारतीयकै चहलपहल हुँँने गरेको छ । माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले भारतीयको चहलपहल रोक्न सुरक्षा निकाय संग आवश्यक पहल गरिने बताउनु भयो । जौबारीमा नेपाल प्रहरीको पोष्ट र शसस्त्र प्रहरीको बीओपी समेत रहेको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी तथा कोबिड १९ संकट व्यवस्थापन केन्द्र इलामका संयोजक ध्रब बहादुर खड्काले आफुले शसस्त्र प्रहरीलाई कडाई गर्न भनी सकेको एबीसी नेपालीलाई जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘ मैले शसस्त्रलाई भनी सकेको थिए , फेरी पनि रिपिट गर्छु ।’प्रजिअ खड्काले पीसीआर गरेको ७२ घण्टा भित्रमा प्रवेश गर्न पाउने र खोप लगाएकालाई आउन सरकारले छुट दिएको समेत जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार