गुराँस लाइफद्वारा स्वर्गीय तुम्वापोको विमा दावी हस्तान्तरण

  नयाँ बुलन्द
105 Shares

 

पाँचथर : फिदिम नगरपालिका-५,चोकमागु निवासी स्वर्गीय ज्ञान बहादुर तुम्बापोको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीद्वारा विमा रकम बुधबार हस्तान्तरण गरेको छ।

२०७४ सालमा बैदेशिक रोजगारीमा साउदी अरबियामा गएका तुम्बापोको गत भदौमा उपचारको क्रममा नेपालमा मृत्यु भएको थियो । उनले गुराँस लाईफमा बैदेशिक रोजगार (म्यादी) विमा गराएका थिए ।
५ नम्बर वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरी मृतक तुम्बापोकी श्रीमती अनिता तुम्बापोलाई उपशाखा फिदिमका प्रमुख कबिराज मिश्रले १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको पत्रकार कमल घिमिरेले जानकारी दिए।
विमा रकम पाएपछि छोराछोरीको पढाइ र भविष्यको लागि उपयोग गर्ने तुम्बापोले बताइन् ।
विमा गर्दा ३५ सय रुपैयाँ विमाशुल्क तिरेका तुम्बापोले कम्पनीको नियम अनुसार १३ लाख रुपैयाँ पाएको उपशाखा प्रमुख मिश्रले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार