कर्मचारीको बैंक खातामा सबै तलब नियमित जम्मा भइरहेको छ : माईजोगमाई गाउँपालिका

  नयाँ बुलन्द
371 Shares

इलाम : इलामको माईजोगमाई गाउँपालिकाले गाउँपालिकामा कार्यरत कर्मचारी हस्तमाया राई (विनिसा) को सबै मासिक तलब निजको बैंक खातामा नियमित जम्मा गर्ने गरिएको गाउँपालिकाले जनाएको छ ।

शुक्रबार माईजोगमाई गाउँपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै कर्मकारी राईको सबै तलब निजको बैंक खातामार्फत भुक्तानी भइरहेको जानकारी दिएको हो । ‘माईजोगमाई गाउँपालिका कार्यलयमा कार्यरत निज कर्मचारी हस्तमाया राई (विनिसा) को मासिक तलब भत्ता रु १८,०००/- निजको हिमालयन बैंक लि. माईजोगमाई शाखामा निजको नाममा रहेको बैंक खाता नं. २६२४९९०३१७००१४ मा यस कार्यालयबाट जम्मा हुने गरेको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ’ माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

यसअघि माईजोगमाई गाउँपालिका अध्यक्ष समेतलाई वोधार्थ दिई कार्यलयमा कार्यालय सहयोगी पदमा कार्यरत राईले नेपाली काङ्ग्रेस पार्टीको सभापतीलाई सम्बोधन गरी आवश्यक छलफल गरी न्यायको लागि कारवाही गराई पाउँ भन्ने व्यहोराको निवेदन पत्र सामजिक संजालमा सार्वजनिक भएको थियो ।

सो पत्रमा माईजोगमाई गाउँपालिकाको उपाध्यक्ष प्रवीना राईले सबै तलब रकम रु १८,०००/- अक्षरेपी (अठार हजार रुपैयाँ) नै बुझी रु ८,०००/- (अक्षरेपी आठ हजार रुपैयाँ) उपाध्यक्ष प्रविना राईले राखी बाँकी रहेको रकम १०,०००/- मात्र निजलाई दिने गरेको आरोप थियो । सो पत्र माईजोगमाई गाउँपालिकामा निवेदकको निवेदन दर्ता नभएको भएता पनि दुवै पक्ष माईजोगमाई गाउँपालिकाको जनप्रतिनिधी र कर्मचारी भएकाले यस गाउँपालिकाको गम्भीर ध्यान आकर्षण भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार