माङसेबुङ : ईलामको माङसेबुङ गाउँपालिका २ स्थित ईभाङमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किदाँ एक जना घाइते भएका छन् ।
गजुरमुखी-ईभाङ-चतुरे सडकको स्कूल टोलमा पुर्बबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ प ६८४० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ७ प ८८६८ नम्बरको स्कुटर ठोक्किएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक १६ वर्षीय अग्नि चबेगु घाईते भएका छन् ।
मोटरसाइकल र स्कुटर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।