तिबन्ध चीनमा बीबीसी वर्ल्ड न्युज प्रसारणमा प्रतिबन्ध

  नयाँ बुलन्द
0 Shares

 

काठमाडौं : चीनमा बीबीसी वर्ल्ड न्युज प्रसारणमा प्रतिबन्ध लागेको छ । बीबीसीका अनुसार चीनस्थित टेलिभिजन तथा रेडिओसम्बन्धी नियामक निकायले बीबीसी वर्ल्ड न्युज प्रसारणमा प्रतिबन्ध लगाएको हो । यसबारेमा प्रतिक्रिया दिँदै बीबीसीले चिनियाँ सरकारको निर्णयले निराश भएको जनाएको छ ।

चिनियाँ नियामक निकायले समाचार सत्य र निष्पक्ष हुनुपर्ने तथा चिनियाँ राष्ट्रिय स्वार्थमा हानि पुर्‍याउन नहुने सहितका प्रसारणसम्बन्धी निर्देशिकाको बीबीसी वर्ल्ड न्युजले उल्लंघन गरेको जनाएको छ । यससँगै अर्काे वर्ष प्रसारणका लागि बीबीसीले मागेको अनुमति पनि स्वीकार नहुने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार यसअघि सञ्चारमाध्यमसम्बन्धी ब्रिटिस नियामक निकाय अफकमले युकेमा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को प्रसारण अनुमति खारेज गरेपछि चीनले पछिल्लो कदम चालेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार