खाम्बाङ्गमा फुलेको अम्लिसो (फोटो फिचर)

  युद्धबहादुर बोहोरा
0 Shares

तस्वीर:- युद्धबहादुर बोहोरा

 

इलाम : पहाडका बस्तीहरुमा गाई बस्तुलाई घाँसमा समेत प्रयोग हुने अम्लिसोको दोहोरो फाइदा छ । मंसीर महिना देखि कुुुचो फुल्न शुरु गरि चैत सम्म रहन्छ । गत वर्षको तुलनामा यो साल तेब्बर भाउ चलेको कुचो किसानले थुतेर सुकाउन नपाई व्यापारीले हतारहतार लाने गरेका छन् ।

विगतमा भाउ राम्रो नहुँदा व्यापारीले छानीछानी लाने गरेको कुचो आजभोलि किन्ने ग्राहक घर घरमै होडबाजीका साथ घुम्ने गरेको फाकफोकथुम-१,खाम्बाङ्ग निवासी स्थानीय शिक्षक लोकनाथ भट्टराई बताउँछन् ।

अघिल्लो साल मुस्किलले प्रति किलोग्राम ४० रुपैयाँले बिक्रि भएको कुचो यस वर्ष एक सय ५० रुपैयाँ हाराहारीमा चल्ती हुँदै गरेको सोही वडाका थीरबहादुर बोहोराले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार