बेलायतबाट नेपाल आउन प्रतिबन्ध

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : सरकारले बेलायतबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट आउने कुनै पनि यात्रु नल्याउन एअरलाइन्सहरूलाई निर्देशन दिएको हो ।

बेलायतबाट वा कुनै पनि ट्रान्जिट भएर आउने यात्रु नबोक्न प्राधिकरणले निर्देशन दिएको छ । यो निर्णय बुधबार बेलुकादेखि लागू हुनेछ ।

बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि विश्वका झण्डै ५० वटा देशले बेलायतसँगको उडान रद्द गरेर यात्रा प्रतिबन्ध लगाइसकेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईँले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी सङ्क्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताउनुभयो । युरोपियन युनियनले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको उहाँले बताउनुभयो ।

बैठकले पुस १ गतेयता नेपाल आएकाहरूले अनिवार्य रूपमा ७ दिन क्वरेण्टीनमा बसेर जाँच गरेपछि मात्र घर/गन्तव्य जान पनि अनुरोध गरेको छ । यस्तै आज नेपाल आउन ट्रान्जिटमा रहनेले अनिवार्य रूपमा १० दिन होटल क्वरेण्टीनमा बसि परीक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार