महामारी नियन्त्रण र अर्थतन्त्रको सुधारका लागि काम गर्न सुरु गरिसकेको छु : बाइडेन

  नयाँ बुलन्द  120 पटक हेरिएको

एजेन्सी : अमेरिकी राष्ट्रपति निर्वाचनमा जित नजिक पुगेका डेमोक्रेटिक उमेदवार जो बाइडेनले मुलकलाई संकटको समयमा नेतृत्व प्रदान गर्न लागेको बताएका छन् ।
बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रण र अर्थतन्त्रको सुधारका लागि काम गर्न सुरु गरिसकेो बताएका छन् । मतदाताहरुले उनलाई र उनको रनिङ मेटसमेत रहेकी क्यालिफोर्निया सिनेटर कमला ह्यारिसलाई अधिक मत दिएर काम गर्नका लागि जनादेश प्रदान गरिएको सीएनएनमा उल्लेख छ ।बाइडेनले ब्याटलग्राउन्ड स्टेट जर्जिया, नेवाडा र पेन्सलभानियामा अग्रता कायम गरेपछि जित्‍ने सुनिश्‍चित देखेको र मुलुकलाई सम्बोधन गर्दै आफू राष्ट्रपतिको प्रतिष्पर्धामा विजयी हुने बताएका दोहोर्‍याएका छन्।बाइडेनले हाल सम्म २५३ इलेक्टोलरल कलेज मत प्राप्त गरेका छन् । अमेरिकामा २७० इलेक्टोरल कलेज मत ल्याउने उमेदवार विजयी हुनेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार