सुमन खापुङको निर्देशनमा बन्यो,पालामको यस्तो भिडियो

  टीआर सेनेहाङ
0 Shares

तेह्रथुम, कार्तिक

सुमन खापुङ द्धारा निर्देशित लिम्बु पालाम भिडियो सार्वजनिक भएको छ । सानैदेखी नृत्यमा राम्रो दखल भएका खापुङले म्यूजिक भिडियो भने पहिलोपटक निर्देशन गर्नुभएको हो । डान्स कोडियोग्राफी गर्न रुचाउने खापुङले निर्देशन गर्नुभएको लिम्बु भाषिक पालाम चर्चित गायिका सुनिता थेगिम र ईन्द्रशुसिल चोङबाङको आवाजमा रहेको छ ।

शब्द र संगित राजु आङदेम्बेको रहेको यस पालामको भिडियोमा बर्षौसम्म प्रवास रहेर आफ्नो गाँउ फर्किएको एक युवा र मौलिक नाच केलाङ नाचीहिड्ने सुन्दरी तरुनीसंगको गौढ प्रेमिल तरङलाई रोमाञ्चित कथावस्तु बनाईएको छ ।

धनकुटाको बिभिन्न स्थलमा छायाङकन गरिएको यस भिडियोमा गायक चोङबाङ संगै चुनु तुम्बाहाङफे र शेरकुमार तिलिङ चोङबाङ मुख्य कलाकारको रुपमा रहनुभएको छ भने ओख्रे सक्रिय केलाङ समुहको दमदार केलाङ प्रस्तुती रहेको छ ।

भिडियो यहाँ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार