घुर्बिसे सहकारीको आठौं साधारणसभा

  युद्धबहादुर बोहोरा
14 Shares

पाँचथर : फाल्गुनन्द गाँउपालिकाको वडा नम्बर ५ मा संचालित घुर्बिसे पञ्चमी बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कोरोनाका कारण यस वर्षको वार्षिक साधारणसभा सहकारीको सेवा क्षेत्रका तीन बेग्लाबेग्लै स्थानमा आयोजना गरि आइतबार घुर्बिसे पञ्चमी बजारमा सम्पन्न गरिएको व्यवस्थापक युवराज निरौलाले जानकारी दिए ।

संस्थाका अध्यक्ष वीरनरसिंह चेम्जोङको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक पाँचथरका प्रबन्धक बुद्धराम बलको प्रमुख आतिथ्यमा विशेष अतिथि गाँउपालिका उपाध्यक्ष देवित्रा कुमारी आङ्देम्वे र जिल्ला बचत तथा ऋण सहकारी संघ पाँचथरका व्यवस्थापक प्रकाश लोहारको उपस्थितिमा सम्पन्न भएको थियो ।

शुभकामना मन्तव्यमा प्रमुख अतिथिले स्थानीय सहकारीले मुनाफा कमाए स्थानीय बासिन्दालाई राहत हुँदा सदस्य बनेर सुविधा लिन आग्रह गर्दै उनले भने, जिल्लाभरका सहकारीलाई उचाइमा पु¥याउन कोशिस गरिरहेका छौं संस्था प्रति सबै वफदार र अनुशासित बन्नुहोला ।

सहकारीबाट ऋण लिएर उपलब्धि मुलुक क्षेत्रमा सदुपयोग गर्दै अनुशासित कारोबार गर्न उपाध्यक्ष आङ्देम्वले सुझाव सहित शुभकामना मन्तव्य राखेकी थिइन् ।

सहकारीले गत आर्थिक वर्षमा शेयर पूँजी,बचत,लगानी, सम्पूर्ण कोष हिसाब र सम्पत्ति तथा दायित्व सहित अहिले सम्मको वासलत चार करोड ५३ लाख २८ हजार तीन सय २९ रुपैयाँ ३७ पैसाको कारोवार गरेको छ ।

कोषाध्यक्ष विमला पोख्रेलले ४८ लाख ७४ हजार छ सय चार रुपैया आम्दानी मध्ये ९ लाख ९६ हजार २६ रुपैया २७ पैसा शुद्ध बचत (नाफा)को हिसाव आर्थिक प्रतिवेदनमा प्रस्तुत गरेकी थिइन् भने लेखा प्रतिवेदन संयोजक सारानाथ पोख्रेलले पेश गरेका थिए ।

संस्थाका अध्यक्ष चेम्जोङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा प्रस्तावित कार्ययोजना तथा लक्ष्य सर्वसम्मतले पारित भएको थियो । नौ सय २३ जना सदस्य रहेको यस संस्थामा पाँच सय २७ महिला र तीन सय ९६ पुरुष तथा एक सय ९३ बाल बचत संख्या रहेको यस सहकारीका शेयर सदस्यहरलाई यस वर्ष ८ प्रतिशत शेयर लाभांश वितरण गरिएको जनाएको छ । प्रस्तावित कार्ययोजनाका कर्मचारी संचय कोषको व्यवस्था सहित भवन निर्माण कोषमा लगानीको ०.५ प्रतिशत जम्मा गर्ने लगायतका प्रस्तावहरु पेश गरिएको थियो ।

संस्थाका अध्यक्ष चेम्जोङले स्थानीय सरकारले सहकारी संस्थालाई छुट्टै शाखा मार्फत निगरानी सहित प्रोत्साहन गर्ने कार्ययोजना बनाए सहज हुने बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट सदस्यहरुलाई सम्मान गरेको थियो । सम्मानित हुनेहरूमा जेष्ठ सदस्य ८९ वर्षिय रणविर चेम्जोङ र ७५ वर्षिय लीला देवी पोख्रेल सम्मानित भएका थिए । असल ऋणीको कारोवार गर्ने दिपक दमाई साथै सञ्चमाया राईलाई प्रमुख तथा विशेष अतिथिबाट नगद सहित सम्मान गरिएको थियो।

त्यस्तै,संस्थाद्वारा व्यावसायिक,कृषि,घर निर्माण र पशुपालनको क्षेत्रमा जग्गा धितो र दृष्टि बन्धकमा दुई लाख देखि १० लाख सम्म न्यूनतम व्याजदरमा ऋण लगानी गर्न थालेको र सदस्य परिवारका सुत्केरी,मृत्यु भएको परिवारहरुलाई सहयोग गर्दै आएको छ भने संस्थाले विधुत बिल,डिसहोम रिचार्ज,मोवाइलका रिचार्ज, हवाई टिकट साथै आइएमइ,प्रभु,हिमाल रेमिट सेवाहरु विगत दुई वर्षदेखि निरन्तर उपलब्ध गराउँदै आएको छ ।

२०७१ सालमा ५८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा यस संस्थालाई डिभिजन सहकारी कार्यलय इलामले पाँचथर जिल्लाको उत्कृष्ट बचत तथा ऋण पुरस्कार प्रदान गरेको छ । संस्थाद्वारा समिति सदस्य र कर्मचारीको सहभागितामा लेखा,ऋण,सहकारी,तरलता व्यवस्थापन लगायतका तालिम सम्पन्न गरेको छ ।

कार्यक्रममा वडा नं ५का अध्यक्ष अविन्द्र प्रसाद चेम्जोङ, शिक्षक सुरेन्द्रप्रसाद लामिछाने जनजागरण कृषि सहकारीका अध्यक्ष रुकेन्द्र चेम्जोङ,बुद्धिजीवी मणिचन्द्र चेम्जोङ लगायतले शुभकामना मन्तब्य राखेका थिए।

जनप्रतिनिधि,शेयर सदस्य, संघसंस्थाका प्रतिनिधि तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो।

संचालक समिति सदस्य केहेरसिं चेम्जोङले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव राजकुमार श्रेष्ठले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार