गितकार एसपी निङलेकु शब्द सिर्जनामा सकृय

गितकार एसपी निङलेकु
गितकार एसपी निङलेकु

तेह्रथुम,

गितकार एसपी निङलेकुको वाल्यकाल जन्मघर तेह्रथुमको सिम्ले टारगाँउ मै वित्यो । उनि सानै देखी साहित्य र संगित मन पराउथे। बिद्यालयमा जादा होस या मेलापात घरगाँउ गोठाला जादा गित गुन्गुनाउन ब्यस्त हुन्थे । मादल,साराङी,बाँसुरी,गितार,मुर्चुङगा बजाउदै उनि नौमती बाजाताको तालमा समेत नाच्न गर्दथे । भविश्यमा गित संगित क्षेत्रमै स्थापीत हुने सपना बनाएका एसपी रोजगारीको सिलसिलामा प्रवासीए । अहिले उनि प्रवास नै बसेर भएपनि गित लेखनमा सकृय छन् । उनले लेखेका लोक तथा आधुनिक लयका गितहरु करिब दुई दर्जन रेकर्ड भईसकेका छन् । आफुले गित लेख्नुको अर्थ पुर्वेली लोकबिधालाई सरंक्षण र संबद्र्धन गर्नु रहेको बताउछन् । गित लेखनलाई निरन्तरता दिएर सफल गितकारको कित्तामा उभिने उनको लक्ष्य रहेको छ ।

भिडियो पनि हेरौ,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार