पत्रकार कृष्ण विदुखी सम्मानित

  टीआर सेनेहाङ  109 पटक हेरिएको

पत्रकार कृष्ण विदुखीलाई सम्मान प्रदान गर्दै मेयर संजयकुमार तुम्बाहाङफे
    पत्रकार कृष्ण विदुखीलाई सम्मान प्रदान गर्दै मेयर संजयकुमार तुम्बाहाङफे

तेह्रुथुम, असोज
आईएमई लाईफ ईन्स्योरेन्सले पत्रकार कृष्ण विदुखी गौतमलाई सम्मान गरेको छ । ईन्स्योरेन्सले तेह्रथुमको म्याङलुङमा अभिकर्ता पुर्नताजगी तालिम कार्यक्रमको आयोजना गरि शनिबार सम्मान गरेको हो ।

पत्रकार गौतमले आईएमई लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेडको विभिन्न समयमा विभिन्न गतिविधिहरुलाई पत्रपत्रिका तथा अनलाईन खवर, अनलाईन टेलिभिजनको माध्यमबाट प्रचार प्रशार गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सम्मान गरेको तेह्रथुम शाखा प्रमुख यामनाथ दाहालले बताउनुभयो । पत्रकार गौतमलाई आईएमई लाईफ ईन्स्योरेन्स प्रदेश नम्वर १ का प्रमुख कर्मराज पौडेलले खादा, अविर, मेडल र प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो ।

सोही कार्यक्रममा एजेन्सी मेनेजर दिपक सापकोटा, यादवमणी दाहाल, मिलन कट्वाल, मनकुमारी पौडेल, पुष्पा गुरागाई, जयन्ती गुरागाई, सृष्ट्री ल्वागुन, टिम मेनेजर लिलामाया तामाङ लगायतलाई पनि उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको थियो । यसै गरि सोही कार्यक्रममा अभिकर्ताहरु यसोदा दाहाल, सुमन पौडेल, अन्जना खत्री, सुमनलक्ष्मी खानाल लगायतलाई टिसर्ट र क्याप प्रदान गरिएको थियो । शअर्यक्रम एजेन्सि मेनेजर, अभिकर्ता, विमित, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

पत्रकार गौतम ब्लाष्ट टाईम्स,सुर्योदय टेलिभिजन,मकालु टेलिभिजन,तीन्जुरे एफएम,नव विहानी पत्रिका,टिटियम अनलाईन लगायतका सञ्चार माध्ययममा आवद्ध हुुनुनुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार