ब्रबिमको ‘ज्यानै हाजिर भो’ सार्वजनिक (भिडियो सहित)

चर्चित गायक तथा संगितकार ब्रबिम सेर्मा ‘चेसुङ’ को ‘ज्यानै हाजिर भो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

  टीआर सेनेहाङ
0 Shares

तेह्रथुम ।
चर्चित गायक तथा संगितकार ब्रबिम सेर्मा ‘चेसुङ’ को ‘ज्यानै हाजिर भो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।संगितको सिर्जनालाई निरन्तरदा दिदै गायक ब्रबिमले ‘ज्यानै हाजिर भो’ बोलको भिडियो ल्याउनुभएको हो ।

लिम्बु तथा नेपाली गित संगितमा राम्रो दखल भएका गायक सेर्मालाई यस गितमा गायिका सिता सिंगकले युगल आवाजमा साथ दिनुभएको छ । बर्षौ अगाडी न्यानो माया लगाएर फर्र्कि नआएको मायालु जोडीको मिठो पर्खाईमा विगतका स्वर्णिम पलहरुको सम्झना गरिएको यस भिडियोको निर्देशन किरण चाम्लिङ राईले गर्नुभएको हो ।

लिम्बु जातीको मौलिक तथा सास्कृतिक माहुलमा हुर्किएको प्रेमिल भाव सहितको शब्द र संगित राजन मुकारुङको हो भने पदम राजन मगरले एरेञ्ज गर्नुभएको हो ।
भुपेन्द्र तुम्बाहाङफेले खिच्नुभएको यस भिडियोमा गायक ब्रबिम,ईक्सा मादेन र पुश्पा लिम्बुलाई कलाकारको रुपमा देख्न सकिन्छ ।

भिडियो पनि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार