प्रवासीहरुको मन रुवाउने भिडियो सार्वजनिक (भिडियो सहित)

कलाकार विनोद तामाङ र शिखा पयाङगुको ससक्त अभिनय रहेको ‘मैले माया लाएको’ वोलको गितको भिडियो सार्वजनिक भएको छ ।

  टीआर सेनेहाङ
7 Shares

तेह्रथुम
कलाकार विनोद तामाङ र शिखा पयाङगुको ससक्त अभिनय रहेको ‘मैले माया लाएको’ वोलको गितको भिडियो सार्वजनिक भएको छ । टंक लिम्बुको स्वर , भद्रकला आङबुहाङ राईको शब्द र वादल लिम्बुको संगित रहेको गितको भिडियो युट्युव च्यानल मार्फत विहिबार सार्वजनिक गरिएको हो ।

गरिबीको कारण भरखरै घरजम गरेको श्रीमती तथा घरपरिवारलाई छाडेर परदेसीनुको पिडा साथै घरखेत साहुले खोसिदिने धम्की बारम्बार आईरहने ज्वलन्त वेदनालाई कथावस्तु बनाईएको भिडियो पत्रकार तथा कलाकार टीआर सेनेहाङले निर्देशन गर्नुभएको हो ।

उमेश नेपालीले खिच्नुभएको भिडियोको दृश्य अनिल रानाले सम्पादन गर्नुभएको छ । बाध्यताले विदेसीले र घरवासीको वेदना समावेस गर्न खोजिएको यस भिडियोमा अथिती कलाकारहरुको रुपमा निर्देशक सेनेहाङ,मनोज दाहाल,राजकुमार तेयुङ र धनुकी लिम्बु रहनुभएको छ ।

सामाजिक परिवेशको भिडियो दर्शकहरुको औधि रुचाउन सक्ने निर्देशक सेनेहाङले बताउनुभयो ।

भिडियो यता,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार