संसारकै महङ्गा ५ भवन

  नयाँ बुलन्द
0 Shares

 

 

संसारमा एकभन्दा एक सुन्दर र महङ्गा भवन छन् । संसारमा भएका यस्ता भवनहरुका आर्कषण के हुन् त भन्ने धेरैलाई चासो हुन्छ । संसारका चर्चित भवनहरुमध्ये ५ चर्चित भवनहरुका बारेमा यहाँ उल्लेख गरिएको छ ।

 

१. अबराज अल–बैत :  साउदी अरबको मक्कामा रहेको ‘अबराज अल–बैत’ नामको यो भवनमा १२० तला रहेका छन् । यो विलासी होटलको निर्माण सन् २००४ मा सुरु भएको थियो भने ८ वर्षपछि निर्माण सम्पन्न भएको थियो । यो भवनको उचाई ६०१ मिटर रहेको छ । यसको मुख्य आर्कषण ५३० मिटर अग्लो, ४३ मिटर चौडाई, ४३ मिटर लामो घडी आदि रहेका छन् । उक्त घडी विश्वकै अग्लो मानिन्छ । यो भवनलाई ‘मक्का रोयल क्लक’ नामबाट पनि चिनिन्छ ।

 

२. मरीना बे स्यान्डस् :  सिंगापुरमा रहेको यो भवन पर्यटकका लागि मुख्य आर्कषणको रुपमा रहेको छ । महङ्गो रिसोर्टको रुपमा रहेको यो भवनको निर्माण ५.५ बिलियन डलरमा भएको हो । यो भवनभित्र रेस्टुरेन्ट, होटल, प्रदर्शनी सेन्टर, थियटर जस्ता मनोरञ्जनस्थल रहेका छन् । यसमा ५५ तला छन् भने २०० मिटर उचाईमा निर्माण भएको छ ।

 

३. रिसोर्ट वल्र्ड सिन्टोसा :  सिंगापुरमा रहेको यो भवन ४.९३ बिलियन डलरमा निर्माण भएको हो । विश्वकै सबैभन्दा महङ्गो क्यासिनोहरुमा तेस्रो नम्बरमा रहेको क्यासिनो हो । यो ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

 

४. इमिरेट्स प्यालेस :  यूएईको आबुधाबीमा रहेको यो भवन ६० मिटर अग्लो भवन पाँच तारे होटल हो । यो भवन ब्रिटिश आर्किटेक्टको डिजाइनमा निर्माण भएको हो । यो ३.९० बिलियन डलरमा निर्माण भएको हो ।

 

५. कोस्मोपोलिटन :  अमेरिकाको लस भेगासमा रहेको यो भवनमा ५२ तला रहेको छ । यसको निर्माण ३.९ बिलियन डलरमा भएको हो ।
-युवामनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार