भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको कोरोना भाइरसको संक्रमणबाट निधन

  नयाँ बुलन्द
0 Shares

एजेन्सी : भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । ८४ वर्षीय मुखर्जीको भारतको नयाँ दिल्लीस्थित आर आर अस्पताल दिल्ली केन्टमा उपचारका क्रममा आज बेलुकी निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आर्मी अस्पतालमा भर्ना भएर मस्तिष्कको शल्यक्रियाको तयारी गरिरहेको समयमा मुखर्जीलाई कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमणपछि पनि उनको शल्यक्रिया गरिएको थियो ।

छोरा अभिजित मुखर्जीले ट्विट गरेर पूर्वराष्ट्रपति मुखर्जीको बेलुकी निधन भएको जानकारी दिए । उनी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपनि बनेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार