एनआरएनको पहलमा जापानमा रहेका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने

  युद्धबहादुर बोहोरा
0 Shares

 

 

पाँचथर : गैरआवासीय नेपाली संघ (NRN)जापानको समन्वयमा आईएचएनओ (IHNO) ले वितरण गर्ने छात्रवृत्तिको लागि अगस्ट २० तारिखबाट आवेदन खुल्ला गर्ने भएको छ ।

जापानमा रहेका नेपाली  विद्यार्थी मध्ये जम्मा ५० जनालाई प्रदान गरिने उक्त छात्रवृत्तिको आवेदन सेप्टेम्बर १६ सम्ममा (IHNO)को ठेगनामा पोष्ट गरिसक्नुपर्ने बताइएको छ ।

छात्रवृत्ति वितरण गर्न (NRN) जापानका उपाध्यक्ष लक्ष्मण बाँनियाको नेतृत्वमा १५ सदस्यीय समिति चयन भएको र थप जानकारी समिति सदस्य वा सम्पर्क न. +819094951050 बाट लिन सकिने संयोजक बानियाँले जानकारी दिए ।

मापदण्ड अनुसार आवेदन प्रक्रिया पुरा भइ सकेपछि समितिले सिफारिस गर्ने र त्यस पछि (IHNO) बाट छ्नौट गरिने उनले बताए । इच्छुक सहभागीले (NRN) जापानको सदस्यता फारम समेत भर्नु पर्ने जनाइएको छ ।

दुई वर्षको अवधिका लागि उपलब्ध हुने छात्रवृत्ति कोटामा अध्यन गर्दै गरेको विद्यालय/कलेजबाट सिफारिस लिनु पर्ने,फारम IHNO बाट उपलब्ध हुने,बिद्यालय/कलेज परिवर्तन गर्न नयाँ विद्यालय/ कलेजबाट सिफारिस लिनु पर्ने ,हप्तामा २८ घण्टाको आरुबाइतोको नियम पालना गर्नुपर्ने साथै बिदाको बेलामा हप्तामा ४० घण्टा सम्म काम गर्न मिल्ने तर ८ घण्टा भन्दा बढी प्रत्येक दिन काम गर्न नहुनु पर्ने लगायतका मापदण्ड रहेका छन्। प्रत्येक महिना IHNO नियम अनुसार कामको विवरण तथा आफ्नो कामको जानकारी इमेल मार्फत पठाउनु पर्ने छ ।

त्यस्तै, आवेदन भर्न रेसिडेन्ट कार्डको फोटोकपि,आवेदन फारम (बिद्यालयले सिफारिस गर्ने फारम सहित २ पेज ), बैंक खाता नम्बर र खातावालको प्रष्ट नाम भएको पासबुक फोटोकपी,हस्त लिखित जापानी भाषामा निबन्ध (अध्ययनको लागि किन जापान रोज्नु भयो ? ) भन्ने शिर्षकमा जापानी भाषा बिद्यालयको चार सयदेखि आठ सय शब्द सम्मको लेख लगायत जापानमा प्राप्त आफ्ना सर्टिफिकेट (JLPT) जस्ता प्रमाण पत्र तथा कागजातहरु पेशा गर्नु पर्ने नियम रहेको छ

आवेदन पठाउने ठेगाना

〒100-0014 東京都千代田区永田町2-17-17アイオス永田町505

IHNO事務局 03-6550-8811

<送付書類> Check IHNO応募書類チェックリスト □ 申込書(申込書-1及び2) □ 作文 …日本語学校(400文字以上)/専門学校以上(800文字以上)手書きのみ □ 最新の課税・非課税証明書 □ 在留カードのコピー(留学生のみ) □ 2020年8月1日以降に発行した在学証明書(原本) □ 日本語能力試験、JLPT等の証明書(持っている場合のみ) □ 振込銀行口座登録依頼書(当財団指定書式) □ 通帳コピー(振込先確認できるよう口座番号記載のあるページをコピー) (ゆうちょ銀行にして下さい。他の銀行は使えません) 書類送付先: 〒100-0014 東京都千代田区永田町2-17-17アイオス永田町505 IHNO 事務局 ※注意事項※ 必要書類が期限までにIHNOに届かない場合は、奨学生として認められないことも ありますので予めご了承ください。

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार