गितकार एसपी निङलेकुको ‘परदेशी जीवन’ सार्वजनिक (भिडियो सहित)

गितकार एसपी निङलेकुले गित लेखनलाई निरन्तरता दिदै “परदेशी जीवन”नामक गित बजारमा ल्याउनुभएको छ ।

  टीआर सेनेहाङ
14 Shares

तेह्रथुम ,
गितकार एसपी निङलेकुले गित लेखनलाई निरन्तरता दिदै “परदेशी जीवन”नामक गित बजारमा ल्याउनुभएको छ । नेपाली लोक भाकामा आधारित यो गितको म्यूजिक भिडियो युट्यूवमा सार्वजनिक गरे संगै बजारमा आएको हो ।

माया र प्रेम समर्पण एवं बिश्वासको अर्को नाम भएपनि आफुले माया गरेको मान्छे सधैभरी परदेश बस्दाको पिडाको शन्देस बोकेको यो गितमा सुमधुर स्वरका धनि गायक समिर सिंगक लिम्बु र गायिका सरिता राईले स्वर दिनुभएको छ । पछिल्लो पिढीको रोजाईमा बढि पर्न सक्ने अपेक्षा गरिएको यो गितलाई गायक तथा संगितकार समिरले संगित आफै भर्नुभएको हो । गितको एरेन्ज टेकेन्द्र यक्सोले गर्नुभएको हो ।

संगितको स्वर्णिम् दुनिया भन्दा अलगिएर कोहि पनि टाढा रहन सक्दैन भन्ने ध्येय लिनुभएका गितकार निङलेकुले यो गितबाट राम्रै प्रतिक्रिया पाउने आशा गर्नुभएको छ । सुदुरपुर्वि जिल्लाको तेह्रथुम घर भएका निङलेकु हाल प्रवासमा कार्यरत रहदै कला र संगित सिर्जनामा बढि समय खर्च गर्दै आउनुभएको छ । गितकार निङलेकुले लेख्नुभएका दर्जन बढि गितहरु रेकर्ड भईसकेका छन् ।

भिडियो हेर्नुहोला,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार