‘दिव्यविक्रम स्मृति पुरस्कार’ बराललाई प्रदान गरिने

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर : यस वर्षको ‘दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार २०७७’ झापाको अर्जुनधारा निवासी लीला लेखनका अभियन्ता साहित्यकार कृष्ण बराललाई प्रदान गरिने भएको छ। नेम्बाङको स्मृतिमा प्रतिष्ठानले बर्सेनि स्मृति दिवस भाद्र १७ गतेका दिन प्रदान गर्दै आएको उक्त पुरस्कार गत वर्ष स्थापना भएको प्रथम समृतिमा कवि प्रकाश थाम्सुहाङलाई प्रदान गरेको थियो । ३० हजार रुपैयाँ बराबरको उक्त पुरस्कार स्व. नेम्बाङको परिवार सदस्यहरुबाट स्थापित गरिएको प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्बाङले जानकारी दिए ।

को हुन् ? दिव्यविक्रम नेम्वाङ

स्व. नेम्बाङको जन्म वि.स. १९९७ सालमा पाँचथरको साबिक पौवासारताप वडा नम्बर १, स्थित पौवागाउँ हालको फाल्गुनन्द-३ निवासी बुवा नरबिर नेम्बाङ र आमा पदमादेवी नेम्बाङको कोखबाट जेठा सुपुत्रको रूपमा जन्मिएका थिए ।

उनले गाउँकै मनरत्न मिडिल स्कुलबाट औपचारिक अध्ययन सुरु गरि दार्जिलिङबाट म्याट्रिक पास गरेका थिए । तत्कालिन राजा महेन्द्रले बहुदलीय ब्यवस्था कव्जा गरेपछि २०१७ सालको क्रान्तिमा संलग्न भइ उनी एक क्रान्तिकारी योद्धाको भूमिका निर्वाह गर्न थाले । नेपाली काँग्रेस पार्टीमा आवद्ध भएका कारण देश निकालामा परे । त्यसपछि भुमिगत हुँदै भारतको दार्जिलिङ प्रवास जीवन बिताउन बाध्य भए । त्यसबेला उनले साहित्य र अध्ययनमा निकै मेहनत गर्दै कविता, कथा, निबन्ध र लेखाहरु लेख्दै गरे । उनका रचनाहरु दार्जिलिङबाट प्रकाशित हुने दिपक लगायत विभिन्न पत्रपत्रिकामा समेत प्रकाशित भएका थिए ।

वातावरण सहज भएपछि हाल फाल्गुनन्द-३ मा रहेको सारताप माध्यमिक विद्यालयको प्रधाध्यापक भइ लामो समयसम्म शिक्षण पेशा गर्दै साहित्य र समाजसेवामा सक्रिय भइ ग्रामीण जीवन बिताउँदै गएका उनको २०७५ भदौ १७ गते निधन भएको थियो । स्व. नेम्वाङका दुई छोरा, तीन छोरी, नातिनातिना र श्रीमती छन् । यस भूगोलमा बसोबास गर्ने नेम्वाङ परिवार पाँचथर जिल्लाको साहित्य क्षेत्रमा अगुवाईमा रहेका छन् ।

को हुन् ? पुरस्कृत हुने साकित्यकार बराल

साहित्यकार कृष्ण बराल लीला लेखन आन्दोलनमा सक्रिय छन् । साहित्य क्षेत्रका एक सालिन व्यक्तित्व, सर्जक बराल अध्ययनशील र तीन पिंडी एउटा सिंडी निबन्ध, कथा च्यातिएका कथा, लीला, वार्ता र शरणार्थी समालोचना, अवतरण उपन्यास, समय हराएको बेला निबन्ध लगायतका पुस्तकहरु प्रकाशित छन् । महानन्द पुरस्कार र पद्मश्री पुरस्कारबाट पुरस्कृत उनी इलाम जितपुरमा २०१७ सालमा जन्म भइ हाल झापा अर्जुनधारा स्थित शनिश्चरेमा बसोबास गर्दै साहित्य क्षेत्रमा सक्रिय हुँदै विभिन्न संघसंस्थामा कार्यरत छन् । एक क्रान्तिकारी लोकतान्त्रिक आन्दोलनमा समर्पित व्यक्तिको नामा स्थापना भएको प्रतिष्ठानबाट आफुले साहित्य क्षेत्रमा योगदान गरेको उच्च मुल्यांकन गर्दै पुरस्कृतको लागि छनौट गरिएकोमा गर्व लागेको साहित्यकार बरालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार