‘अमर नेम्बाङ स्रष्टा सम्मान’ बाट तीन स्रष्टा सम्मानित हुने

पाँचथर : फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष तथा साहित्यकार स्व.अमर नेम्बाङको स्मृतिमा गाउँपालिकाले स्थापना गरेको ‘अमर नेम्बाङ स्रष्टा सम्मान’ बाट तीन जना स्रष्टा पुरस्कृत हुने भएका छन् ।

कार्यक्रम आयोजक संस्था सेहो?नाम्लाङ साहित्य समाज र सह–आयोजक नौलो साहित्यिक बिहान समाज पाँचथरले बुधबार फिदिममा पत्रकार सम्मेलन गरी सम्मान तथा पुरस्कारबारे जानकारी दिएको हो ।

अमर नेम्बाङ स्रष्टा सम्मान २०७७ बाट सुनसरीको धरानका स्रष्टा प्रा.डा.भीम खतिवडा सम्मानित हुने भएका हुन् । सम्मानको रासी ताम्रपत्र सहित नगद ५० हजार रुपैंयाँ रहेको छ ।

त्यस्तै अमर नेम्बाङ युवा स्रष्टा पुरस्कार २०७७ पाँचथर, फिदिमका स्रष्टा मधुराज केरुङलाई प्रदान गरिने भएको छ । पुरस्कारको रासी सम्मान–पत्र सहित नगद ४० हजार रुपैंयाँ रहेको छ ।

अमर नेम्बाङ नव प्रतिभा प्रोत्साहन पुरस्कार २०७७ भने पाँचथर फाल्गुनन्दकी स्रष्टा मञ्जु नेम्बाङलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको रासी प्रशंसा–पत्र सहित नगद दश हजार रुपैंयाँ रहेको छ ।

सम्मान तथा पुरस्कार ६९ औं अमर नेम्बाङ जन्मजयन्ती समारोहको अवशर पारेर साउन २३ गते वितरण गरिने कार्यक्रम आयोजक संस्था सहो?नाम्लाङ साहित्य समाजका अध्यक्ष क्षितिज बिरहीले बताए ।

प्रदेश–१, का एक बिशिष्ठ स्रष्टालाई, जिल्ला भित्रका एक युवा स्रष्टालाई र गाउँपालिकाभित्रका एक नवोदित स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्ने गरी स्व.अमर नेम्बाङको सम्मानमा गाउँपालिकाले सम्मान तथा पुरस्कारको स्थापना गरेको कार्यक्रम सह–आयोजक संस्था नौलो साहित्य बिहान समाज पाँचथरका महासचिव प्रेम ओझाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार