
तेह्रथुम : अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगिता–२०७७ साउन १ गतेदेखी सुरु हुने भएकोछ । लिम्बुजातिको पहिचान, भाषा कला र संस्कृतिको संरक्षण गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगिता सिसेक्वा तङनाम अर्थात साउन–१ देखी छनौट प्रक्रिया सुरु हुने तयारी रहेको आयोजक समितीका संयोजक टीआर सेनेहाङले बताउनुभयो । उहाका अनुसार प्रतियोगीहरुको ख्याली भिडियो फेसबुक पेज तथा युट्युब च्यानलमा अप्लोड गर्न सुरु गरिने भएको हो । प्रतियोगितामा सहभागिताका लागी हालसम्म दुई दर्जनले नाम टिपाएको व्यावस्थापक होम पारघरीले बताउनुभयो ।
ख्याली प्रतियोगिताले लोपउन्मुख रुपमा रहेको लिम्बु जातीको कलाको पुर्नजागरण हुने अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगिता–२०७७ का संरक्षक टेकराज तिगेलाले बताउनुभयो ।
















































