चीनमा ६.४ म्याग्नेच्युटको भूकम्प, दर्जनौं घरमा क्षति

काठमाडौं : चीनमा ६.४ म्याग्नेच्युटको भूकम्प गएको छ । चीनको झिंजिंयाग इलाकाको युतियान क्षेत्र केन्द्रविन्दु भई आएको भूकम्पका कारण दर्जनौं घरहरुमा क्षति पुर्‍याएको छ । यद्दपी मानविय क्षतिको बिवरण भने आएको छैन । यो भूकम्पको झट्का भारतसम्म महसुस गरिएको थियो ।

उइगर मुश्लिम समुदायलाई चीनले बन्दी बनाएको क्षेत्रमा भूकम्पको ठूलो धक्का लागेका कारण त्यहाँका सर्वसाधारणमा भागदौड मच्चिएको थियो ।

सोही क्रममा केही व्यक्ति घाइते भएका छन् । दुई दिन अघि मेक्सिकोमा आएको भूकम्पमा परि ५ जनाको ज्यान गएको थियो भने भारतमा बिगत दुई महिनादेखि पटक पटक भूकम्प गइरहेको छ । भारतमा भारी वर्षासंगै भूकम्पको धक्का गइरहेकोले त्यहाँका जनता सशंकित बनेका छन् । (एजेन्सी)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार